Supriya Katwal Mazzakoonline

म्युजिक भिडियोबाटै चर्चाको शिखरमा चढ्दै गरेकी मोडल सुप्रिया कट्वालको जिवनमा को आँउछ होला ? अनुमान गर्न मुश्किल पर्न सक्छ । तर भर्खरै रिलिज गरिएको भिडियोबाट केही सहज होला कि । ‘आउ न आउ तिमी यो जिवनमा’ उनी कसैलाई बोलाउदैछिन् । उनी विन्दास मोडमा मोडल सुजन रेग्मीको मायामा डुब्न चाहेकी हुन् कि भन्ने पनि अनुमान गर्न सकिन्छ । अनुमान लगाउनको लागि यो भिडियो हेरे पुग्छ ।

गीतमा सुमी चाम्लिङ्ग राईको आवाज रहेको छ भने संगीत धनु ग्याङ्गमीको छ । गीतको शब्द डिपी खनालले लेखेका हुन् । थाईल्याण्डका विभिन्न मनोरम दृश्यहरु गीतमा हेर्न पाईन्छ । रमाईलो टिमसँग काम गर्दा रमाईलो भएको बताउछन् भिडियोका निर्देशक समन अधिकारी । ‘मलाई आशा छ भिडियो हेरेर दर्शकले पनि रमाईलो मान्नुहुनेछ’, निर्देशक अधिकारी प्रतिक्रिया यस्तो छ ।

रेश्क्यु क्रिएसनले निर्माण गरेको भिडियोको छायांकन नितिन चन्दले गरेका हुन भने सम्पादन रविन्द्र खड्काले गरेका हुन् ।

For More videos Log on to Mazzako TV