गायिका नाच्ने नायिका जाच्ने, यसरी कोमल वलीले कम्मर भाच्ने
जब जब तीज नजिकिन्छ तब तब गायिका कोमल वलीको चर्चा पनि बढेर जान्छ । विशेषगरि तीजका रमाईला गीतहरुबाट बजारमा उनको छुट्टै चर्चा हुन्छ । कहिलेकाही उनलाई उत्श्रंखल गीत गाईन् भनेर आलोचना पनि हुने गरेको छ । ‘पोईला जान पाम शिव पोईला जान पाम’ बोलको गीतले उनलाई झन चर्चा दिएको थियो । तर यही गीतबाट उनको निकै आलोचना पनि भयो । तर यसपालीको तीजको गीतले भने उनलाई झन चर्चा दिलाउनेमा उनी ढुक्क देखिएकी छिन् ।
‘हल्ला भो शिवजी’ उनको यसपालीको तीजको कोशेली हो । एल्बममा समावेश भएको शीर्ष गीतको भर्खरै सुटिङ्ग सकिएको छ । गीतको बोल निकै रमाईलो छ, ‘हल्ला भो शिवजी तिम्रो मेरो प्रेमको’ । यस गीतको म्युजिक भिडियोको निर्देशन चलचित्र निर्देशक बसन्त निरौलाले गरेका हुन् । निर्देशकका अनुसार कोमल वलीको अन्य गिति भिडियो भन्दा यसपाली अलि फरक गर्न खोजिएको छ रे ।
गीतको कोरियोग्राफी बिजयपथ, राजनीति लगायतका चलचित्रमा नायिकाको रुपमा समेत काम गरिसकेकी पवित्रा आचार्यले गरेकी छन् । भिडियोको सुटिङ्ग श्रीकाली चौर ललितपुरमा गरिएको हो ।
For More videos Log on to Mazzako TV