Govinda Rai

चलचित्रको पब्लिसिटीमा साथ नदिएको भन्दै निर्देशक गोविन्द राईले दयाहाङ्ग राई र लेखक दिपेन्द्र लामा प्रति खुलेरै आक्रोश पोखेका छन् । दयाहाङ्गले आफु सधै ब्यस्त छु भन्दै चलचित्र ‘नागबेली’को पब्लिसिटीमा कुनै सहयोग नगरेको उनको भनाई छ । उनले दयाहाङ्गलाई काठमाण्डौमै रहदा पनि आफ्नो फोन रिसिभ नगर्ने र आफ्नो लागि मात्रै सोच्ने मान्छे भन्न समेत भ्याए ।

उनले चलचित्रका लेखक दिपेन्द्र लामा प्रति पनि गुनासो गरेका छन् । आफुले सबै मान्छेहरुलाई आफ्नो सोचेर चलचित्रमा काम गरेको तर आफुलाई चलचित्र रिलिजको संघारमा आएर सबैले धोका दिएको उनको भनाई छ । नयाँ आएका कलाकारहरुले आफु कति सिनियर हो भन्ने कुरा नबुझेको उनको गुनासो छ, उनले नयाँ कलाकारहरुलाई हावाको तालमा हिड्ने गरेको र सिरियस नभएको समेत भनेका छन् ।

गोविन्दले निर्देशन गरेको चलचित्र नागबेली यही असार २७ गतेबाट अलनेपाल रिलिज हुदैछ । रोमियन लिम्बुले निर्माण गरेको चलचित्र नागबेलीमा दहाहाङ्ग राईको अलावा यशराज गरच, हर्षिका श्रेष्ठ, विक्की मल्ल, सुरभी जैन,  अशोक फुयाल, सम्भव श्रेष्ठ लगायतको अभिनय रहेको छ । चलचित्रलाई समिक्षक दिपेन्द्र लामाले लेखेका हुन् ।

For More videos Log on to Mazzako TV