सोमबार राष्ट्रपति कार्यलयमा फिल्मकर्मीहरुको निकै बाक्लो उपस्थिति रहेको थियो । प्रसंग थियो, चलचित्र बिकास बोर्डले आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कार अवार्ड कार्यक्रमको । अवार्ड कार्यक्रममा २०६७ सालदेखि २०७० साल सम्मका चलचित्रहरुको आधारमा फिल्मकर्मीहरुलाई सम्मान र विभिन्न विधामा पुरस्कार वितरण गरिएको हो ।

1

कार्यक्रममा दीर्ष साधना सम्मान २०७० बाट यादव खरेल सम्मानित भए । निकै लामो समयदेखि नेपाली चलचित्रको श्रीवृद्वि गर्न उनले खेलेको भुमिकाको कदर गर्दै खरेललाई तीन लाख एक सय एघार रुपैयाँ धनराशी सहित सम्मानित एवं पुरस्कृत गरियो ।

कार्यक्रममा राष्ट्रपति रामवरण यादवले देशको मौलिकतालाई ध्यानमा राखेर समाज रुपान्तरण गर्ने सिनेमा बनाउन चलचित्रकर्मीहरुलाई आग्रह समेत गरे । राष्ट्रपति यादव र सञ्चारमन्त्री मिनेन्द्र रिजालले बरिष्ठ चलचित्रकर्मी नीर शाहको स्वास्थ्य लाभको कामना समेत गरे ।

2

3

4

२०६७ साल बाट

सम्पादन– विपिन मल्ल (बाटोमुनिको पूmल)
कला निर्देशन– निर्जल श्रेष्ठ (कस्ले चोर्यो मेरो मन)
छायांकन– सञ्जय लामा (बाटोमुनिको फूल)
पटकथा– सुरज सुब्बा नाल्बो (बाटोमुनिको फूल)
अभिनेता– अर्यान सिग्देल (कोही मेरो)
अभिनेत्री– रेखा थापा (बाटोमुनिको फूल)
निर्देशक सुरज सुब्बा नाल्बो (बाटोमुनिको फूल)
फिल्म– बाटोमुनिको फूल (रिदम फिल्मस् प्रालि)
२०६८ साल बाट

सम्पादन– सुरेन्द्र पौडेल(लुट)
द्वन्द निर्देशन–योगेन्द्र श्रेष्ठ (लुट)
पटकथा– कर्ण शाक्य (पल)
छायांकन– विष्णु कल्पित (अन्दाज)
अभिनेता–सौगात मल्ल (लुट)
अभिनेत्री–निता ढुंगाना (मसान)
निर्देशक– उज्जवल घिमिरे (अन्दाज)
फिल्म– मसान (नीर सिनेमा प्रा लि)

२०६९ सालबाट

सम्पादन– बनिश शाह (नोटबुक)
श्रंगार–निमा लामा (धन्दा)
पटकथा– श्रीदेव नेपाल (मेरो कथा)
गायन– रजिना रिमाल (रिदम)
छायांकन– पुरुषोत्तम प्रधान (भिजिलान्ते)
अभिनेता– विल्सन विक्रम राई (रिदम)
अभिनेत्री– झरना थापा (फेसबुक)
निर्देशक– दिनेश डिसी (मायाज् बार)
फिल्म– नोटबुक (प्रज्ञा फिल्मस् प्रालि)
सांस्कृतिक फिल्म– सुम्निा (एभरेष्ट कल्चर एण्ड मिडिया एकेडेमी )

२०७० सालबाट

सम्पादन– लोकेश बज्राचार्य (कर्कश)
छायांकन– गौरीशंकर धुजु (शिरिषको फूल)
गीत– कृष्णहरि बराल (नाई नभन्नू ल २)
संगीतकार– बसन्त सापकोटा (नाई नभन्नू ल २)
पटकथा–विनोद पौडेल (साँघुरो)
अभिनेत्री– गरिमा पन्त (झोला)
अभिनेता –सुशांक मैनाली ( साँघुरो)
निर्देशक– दीपा बस्नेत (अन्तराल)
फिल्म– साँघुरो (समीर मैनाली प्रोडक्सन)
साँस्कृतिक फिल्म पुरस्कार– कुसुम (श्री शेर्पा आदिवासी फिल्मस् प्रा. लि )

तस्वीर सौजन्य – शुशील पौडेल

For More videos Log on to Mazzako TV