Benisha Hamal Mazzakoonline

ठुली भएकी नायिका बेनिशा हमाललाई फकाउन निकै कसरत गर्नु परेको देखियो । गाँउभरि उनकै चर्चा छ,  उनलाई आफ्नो बनाउन झम्के फुली सम्म ल्याउने कुरा भएको छ । मनपराउनेहरुको भीडमा झम्के फुली दिनेले नै उनको मन जित्न सफल होलान जस्तो देखिन्छ । बाँकी के हुन्छ, त्यो त भिडियो हेरेपछि नै थाहा हुन्छ ।

Benisha Hamal Mazzakoonline 1
शहदेव अर्यालको रचना, उदय राज पौडेलको संगीतमा गायक कृष्ण विश्वकर्माले गाएको ‘झम्के फुली’ बोलको गीति  भिडियोमा नायिका बेनिशालाई विशुद्व ग्रामिण अवतारमा प्रस्तुत गरिएको छ । केही दिन अघि छायांकन गरिएको भिडियोलाई हालसालै रिलिज गरिएको छ । भिडियोको निर्देशन केशव खड्काले गरेका हुन् ।

Mazzakoonline 1
टौदह, चोभार, लुबु लगायतका ठाँउहरुमा छायांकन गरिएको यस म्युजिक भिडियो रामेश्वर कार्कीले खिचेका हुन भने निशान घिमिरेको सम्पादन रहेको छ । भिडियोको निर्माण सुत्र साउण्ड प्रा लिले गरेको हो ।

For More videos Log on to Mazzako TV