असार २७ गतेबाट प्रर्दशनमा आउन लागेको चलचित्र ‘नागबेली’ले गज्जबको प्रचारशैली अपनाएको छ । ‘नागबेली’को टोलीले सडक सचेतना सहितको चलचित्रको प्रचारसामाग्री लाई यतिबेला प्रयोगमा ल्याईरहेको छ । घुम्ती र नागबेली बाटोछेउका रुखहरुमा चलिचित्रको प्रचारसामाग्री टासिएको छ ।

Nagbelphoto 1

‘सबैले अपनाईरहेको फर्मूला भन्दा अलग गर्न खोजिएको हो’,  चलचित्रका निर्देशक गोविन्द राई बताउछन् ‘हाम्रो प्रचारसामाग्रीमा ट्राफिक सन्देश पनि छ, जस्ले गर्दा यसको सामाजिक सन्देश पनि जान्छ होला’ । सामाजिक उत्तरदायित्वसँगै चलचित्रको ब्यापारमा पनि फाईदा पुग्ने देखेर यो तरिका अपनाईएको उनी बताउछन् ।

aaa
राष्ट्रियताको कथाबस्तु बोकेको चलचित्र ‘नागबेली’ बेलायतमा बस्दै आएकी रोमियन लिम्बुले निर्माण गरेकी हुन् । चलचित्रमा दयाहाङ्ग राई, विक्की मल्ल, यशराज गरज, हर्षिका श्रेष्ठ, विक्की मल्ल, सुरभी जैन,  अशोक फुयाल, सम्भव श्रेष्ठ लगायतका कलाकारहरुले अभिनय गरेका छन् । चलचित्र ‘नागबेली’ नृत्य निर्देशक गोविन्द राईले निर्देशन गरेको पहिलो चलचित्र हो ।

काठमाण्डौका संघषरत चार युवाको कथालाई फिल्मममा मुख्य विषय बनाइएको छ । चलचित्रलाई समिक्षक दिपेन्द्र लामाले लेखेका हुन् । निर्देशक राईसँगै कमल राईले फिल्ममा नृत्य निर्देशन गरेका छन् । विवि अनुरागी, शितल मोक्तान र रुद्र बोहोराको संगीत छ । ‘नागबेली’ का द्धन्द्ध निर्देशक रोशन श्रेष्ठ हुन् ।

For More videos Log on to Mazzako TV