Shree 5 ambarae

‘आँखै अघि जल्यो मेरो मनको घर’ गीतका बोल यस्तो छ । गायक शिव परियारले आफ्नो सुमधुर आवाजले गीतमा प्राण भर्ने काम गरेका छन् । अभिमन्यु निरवीको शब्द तथा कालीप्रसाद बाँसकोटाको संगीतमा गायक शिव परियारले चलचित्र ‘श्री ५ अम्बरे’का लागि यो गीत रकर्ड गराएका हुन् । विहिबार जमलस्थित डोरेमी स्टुडियोमा गायक शिवले गीतमा आवाज भरेका हुन् ।

Shree 5 ambarae 1

दिपा बस्नेतले निर्देशन गरेको चलचित्र ‘श्री ५ अम्बरे’को यतिबेला पोष्ट प्रोडक्सनको काम भईरहेको छ । जीवनसाथी फिल्मस्को ब्यानरमा बनेको चलचित्र ‘श्री ५ अम्बरे’मा सौगात मल्ल, केकी अधिकारी, प्रियंका कार्की लगायतले अभिनय गरेका छन् । दशै लगत्तै रिलिज गर्ने लक्ष्य राखिएको यस चलचित्रमा दिपक आचार्य र टिएन आचार्यले संयुक्त रुपमा लगानी गरेका छन् ।

For More videos Log on to Mazzako TV