सुन्दा अचम्म लाग्न सक्छ तर कुरो एकदमै पक्का हो । कुरो के हो भन्दा आज राती प्रसारण हुने ‘तितो सत्य’को फ्रेस अंकमा ‘मेरी बास्सै’का निर्देशक तथा मुख्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’लाई देख्न पाईनेछ । ‘मेरी बास्सै’को नयाँ अंकहरु आजकाल सुटिङ्ग गरिएको छैन, सिताराम भने ‘तितो सत्य’मा आएका छन् । अब के होला ? जिज्ञासा पक्कै पनि उब्जन्छ नै मनमा । तर जे होला राम्रै होला ।

Tito Satya 7
मंगलबार मध्य बानेश्वरमा तितो सत्यको सुटिङ्ग युनिटसँग भेटिएका ‘धुर्मुस’ले धमाधम मकै पड्किए झै डार्यलग बोल्दै थिए । तितो सत्यमा एमाले नेता केपी शर्मा ओलीको नक्कल गर्दै गरेका उनले पत्रकारको प्रश्नमा पनि गज्जबकै जवाफ दिए । उखान टुक्के नेता भन्छन् तपाईलाई, कसरी बन्नुहोला त अध्यक्ष ? कथानक भित्रै पत्रकारको प्रश्नमा उनले गज्जबले हसाए । ‘मुक्का भन्दा त उखान टुक्का नै ठीक छ नि अनि फेरि अध्यक्ष बन्न कुस्ती नै खेल्नुपर्ने हो ?’

Tito Satya 3
‘नौ बर्ष पछि तितो सत्यमा फेरी अभिनय गर्ने मौका मिलेको छ निकै खुशी छु’ सिताराम भन्छन् ‘शुरुवाती दिनहरुमा तितो सत्य खेल्नको लागि रिफ्लेक्टर, लाईट बोक्नेहरुको लाईनमा सबैभन्दा अगाडी हुन्थे म ।’

Tito Satya 6

तितो सत्यको नयाँ श्रंखलामा एमाले नेता माधवकुमार नेपाल र केपी शर्मा ओली बीचको जुहारीलाई देखाउन खोजिएको छ । नक्कली माधव कुमार नेपालको भुमिकामा भने कमल सेढाईलाई देख्न पाईनेछ । कथाको चरित्र अनुसार सितारामलाई नै खेलाउनु पर्ने भएकाले उनलाई बोलाईएको तितो सत्यका निर्देशक दिपकराज गिरीले बताए ।

Tito Satya 5

यता, मेरी बास्सै अब बन्द भएको हो त ? भन्ने प्रश्नमा सितारामको जवाफ भने यस्तो छ, ‘सम्भवत यही हप्तादेखि हामी पुन सुटिङ्ग थाल्छौ होला ।’मिडिया हबसँग पैसाको कुरा नमिलेपछि बिगत २/३ महिनादेखि मेरी बास्सै र जिरे खुर्सानीको नयाँ भागहरु प्रसारण भएका छैनन् ।

Tito Satya 2

Tito Satya 1

Tito Satya 4

For More videos Log on to Mazzako TV