नृत्य निर्देशक गोविन्द राई यतिबेला निर्देशक बनेका छन् । उनले निर्देशन गरेको पहिलो चलचित्र नागबेली यही असार २७   गतेबाट प्रर्दशनमा आउदैछ । लगभग १०० बढी नेपाली चलचित्रमा नृत्य निर्देशन गरिसकेका उनी निर्देशक बन्नुको पछाडी  भने आफ्नै कथा रहेछ ।

खासमा उनी निर्देशक सुरज सुब्बा नाल्बोले आफु प्रति गरेको ब्यबहारले गर्दा चलचित्र निर्देशक बनेको बताउछन् । चलचित्र ‘प्रोमिस’को छायांकनको लागि सिंगापुर पुगेको बेला सुरजले उनलाई हेपेपछि उनको मनमा पनि निर्देशक बनेर देखाउछु भन्ने भावना जागृत भएको उनले बताएका छन् ।

रोमियन राईले निर्माण गरेको चलचित्र नागबेलीमा दयाहाङ, यशराज, हर्षिका, विक्की, सम्भव र सुरवी जैन र अशोक फुयाँलको मुख्य भूमिका रहेको छ । रामशरण उप्रेतीले खिचेको यस फिल्ममा निर्देशक राईसँगै कमल राईले फिल्ममा नृत्य निर्देशन गरेका छन् । चलचित्रमा विवि अनुरागी, शितल मोक्तान र रुद्र बोहोराको संगीत छ । ‘नागबेली’ का द्धन्द्ध निर्देशक रोशन श्रेष्ठ हुन् ।

For More videos Log on to Mazzako TV