भुवनको चासो ‘अझै पनि’, कति कमाउला त मनी ?
सफल निर्माता र अभिनेताको रुपमा परिचित भुवन केसी आफू संग्लन रहेको प्रोजेक्ट बाहेक अरु फिल्मको प्रचारमा त्यति सहभागी हुदैनन् तर मंगलबार साँझ चलचित्र ‘अझै पनि’को इन्ड क्ल्याप पार्टीमा भने हुने आफै पनि निकै झुमी रहेका देखिए । उनी आफ्ना भाई बुहारीसँगै फिल्मको इन्ड कल्याप पार्टीमा पुगेका मात्रै होईनन् झण्डै दुई घण्टा सम्म पत्रकार र सञ्चारकर्मीसँग गफिएका पनि थिए ।
‘यो फिल्मका प्रोड्यूसर ज्यूहरुसंग मेरो राम्रो चिनजान रहेकाले मलाई तपाईहरुले यहाँ देख्नु भएको हो’ नायक केसीको भनाई यस्तो थियो । एक हप्ता पछि अमेरिका भ्रमणका लागि निस्कने तयारीमा रहेका भुवनले रिलिज समयमा पनि अझै पनिको प्रोमोशनमा हिड्ने योजना रहेको बताएका छन् ।
सोसल लभस्टोरी फर्मुला भित्र रहेर बनेको ‘अझै पनि’लाई आलोक नेम्बाङ्गले निर्देशन गरेका हुन् । चलचित्रमा सुदर्शन थापा, पुजा शर्मा, सुरक्षा पन्त, प्रमिला खनाल, विपना धिमाल, पुष्प खड्का, विशाल ढुंगाना, बिजय लामा, मिथिला शर्मा सहित रामशरण पाठक लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ । चलचित्रलाई राजेश श्रेष्ठले खिचेका हुन भने चलचित्रमा महेश खड्का, हरि लम्साल, राजनराज शिवाकोटी, सचिन सिंह लगायतको संगीत रहेको छ ।
४४ दिनमा फिल्मको सुटिङ सकिएपछिको पार्टीमा वितरकहरु सुनील मानन्धर, प्रदीप कुमार उदय, सुरेश दर्पण पोखरेल सहित गोपाल कायस्थ पान पराग लगायत पत्रकार र सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
For More videos Log on to Mazzako TV