माग्ने र दिनेको खेल, इन्द्रधनुषी सपनामा भएको झेल (भिडियो बोल्छ)
‘तिमीले मेरो इन्द्रधनुषी सपना माग्यौ, मैले केही नबोली दिए’, ‘सानु’ एल्बममा रहेको यस गीतमा आवाज गायक शिव परियारको छ भने संगीत तेनहाङ्ग राईको छ । म्युजिक भिडियोको निर्देशन सञ्चारकर्मी दयाराम घिमिरेले गरेका हुन् । यही गीतबाट सञ्चारकर्मी दयाराम भिडियो निर्देशकको ट्याग भिर्न सफल भएका छन् ।
म्युजिक भिडियोमा सम्पदा बानियाँ, जीवन भट्टराई, रामकेशर बोगटी र केशु घिमिरेले अभिनय गरेका छन् । भिडियोलाई हरि नारायण चौधरीले खिचेका हुन् भने सम्पादन नारायण रिजालले गरेका हुन् ।
राजधानीमा सोमबार एक कार्यक्रमको आयोजना गरि एल्बम ‘सानु’को बिमोचन तथा म्युजिक भिडियो रिलिज गरियो । एल्बममा सातवटा गीत समावेश गरिएको छ । रामकृष्ण ढकाल, शिव परियार, राजेश पायल राई, मनोज राज, प्रविशा अधिकारी, दिपक लिम्बु, बिकास चौधरी लगायतका गायक गायिकाको आवाज एल्बममा समावेश गरिएको छ । एल्बममा समावेश गरिएका सबै गीतहरुको संगीत भने तेनहाङ्ग राईले दिएका हुन् भने शब्द राजेश बिद्रोही र अनन्त घिमिरेको रहेको छ ।
For More videos Log on to Mazzako TV