Kapil

टेलिभिजनको मशहूर कमेडी शो ‘कमेडी नाईट्स विथ कपिल’का दर्शकहरुको लागि यो निराशाजनक खबर हुनसक्छ । किनभने ‘कमेडी नाईट्स विथ कपिल’ अब चाडै बन्द हुने भएको छ । कार्यक्रम सेप्टेम्बरदेखि बन्द हुने कुरा कार्यक्रमका प्रोड्युसर तथा सञ्चालक स्वयं कपिलले नै ट्वीट गरि बताएका छन् । ट्वीटमा उनले चाडै नयाँ सेट र नयाँ क्यारेक्टरहरुको साथमा आउने कुरा पनि बताएका छन् । आईतबार ट्वीट गरि कपिलले सो बन्द हुने कुरा बताएका हुन् ।

Kapil Tweet
पछिल्लो समयमा कपिलले हप्तामा दुई दिनको सट्टा एक दिन मात्रै कमेडी नाईट्स चलाउने इच्छा ब्यक्त गरेका थिए । तर उनको यो कुरालाई च्यानलका प्रबन्धले इन्कार गरे । भारतीय सञ्चार माध्यमहरुका अनुसार यो बिषयमा कपिल शर्मा र कलर्स च्यानलका सिईओ बीच गोप्य बार्ता पनि भएको थियो ।

गोप्य वार्ताले पनि कुनै फलदायी नतिजा निकाल्न भने सकेन । अन्तत कपिलले सेप्टेम्बरदेखि सो छाड्ने निर्णय गरेका छन् । कपिल यो निर्णय आफ्नो ब्यस्ततालाई मध्यनजर गरेर पनि लिएको हुनसक्छ । यतिबेला कपिल यशराज फिल्मस्को ब्यानरमा बनेको ‘बैंक चोर’ मा काम गरिरहेका छन् ।

कमेडी नाईट्स विथ कपिलले २२ जुन २०१४ मा एक बर्ष पुरा गर्दैछ । यो अवधिमा भारतका सुपरस्टार फिल्मकर्मी, स्पोर्टस् पर्सन र अन्य क्षेत्रका विशिष्ट ब्यक्तित्वहरुको पनि कार्यक्रममा उपस्थिति रह्यो ।छोटो अवधिमै कमेडी नाईट्स निकै लोकप्रिय कार्यक्रमको रुपमा रहन सफल रहयो । टि आर पी रेटिङ्गमा यसले कौन बनेगा करोडपतिलाई पनि पछि पारेको थियो ।

For More videos Log on to Mazzako TV