मोबाईलबाट फिल्म खिच्नुस्, पुरस्कार जित्नुस्
एउटा अनौठो र रमाईलो र नौलो शैलीको प्रतियोगिता हुदैछ, मोबाईल सर्ट फिल्म कम्पिडिसन । सर्वनाम थिएटर र ३६० डिग्री माउन्टेन फिल्मस्को संयुक्त आयोजनामा मोबाईल सर्ट फिल्म कम्पिडिसन हुन लागेको हो ।
प्रतियोगतिाको बारेमा आईतबार एक पत्रकार भेटघाटको आयोजना गरि जानकारी गराईयो । मोबाईलले खिचेर फिल्म बनाउन सकिने यस प्रतियोगीतामा संसारका जुनसुकै ठाँउबाट पनि भाग लिन सक्नेछन् । प्रतियोगितामा सहभागी हुन इच्छुक नेपालीले मोबाईलको सहायताबाट दृश्य खिच्नुपर्ने हुन्छ र ती दृश्यलाई तीन मिनेटसम्मको नेपाली फिल्म बनाएर आयोजकलाई बुझाउनु पर्ने हुन्छ ।
प्रतियोगीतामा समावेश हुन आएका मध्येबाट उत्कृष्ट तीन फिल्मलाई पुरस्कृत गरिनेछ । यो प्रतियोगितामा सहभागिता जनाउने अन्तिम मिति असार २१ गते सम्म तोकिएको छ । प्रतियोगिताको निर्णायक मण्डलीमा अशेष मल्ल, निर्देशक आशिफ शाह, अविनाश विक्रम शाह र रंगपत्रकार फुलमान वल छन् ।
उत्कृष्ट भएको खण्डमा प्रथम पुरस्कार डेल ल्यापटप, दृश्यांश अवार्ड, र सर्वनाममा तीन महिनाको नाट्य कार्यशाला प्राप्त गर्न सकिनेछ भने दोस्रो र तेस्रो हुनेलाई एन्ड्रोईड भर्सनको १० इन्चको नियो ट्याबलेट, दृश्यांश अवार्ड र सर्वनाममा तीन महिनाको नाट्य कार्यशालाको ब्यबस्था गरिएको छ ।
For More videos Log on to Mazzako TV