Badhsalaचलचित्र समिक्षकको नजरमा ‘बधशाला’ उत्कृष्ट फिल्म ठहरिएको छ । २०७० सालमा रिलिज भएका चलचित्रहरुमध्ये बाट ‘बधशाला’ उत्कृष्ट ठहरिएको हो भने उत्कृष्ट नायक ‘मोक्ष’बाट कोशिष क्षेत्री र  ‘उमा’बाट रिचा शर्मा उत्कृष्ट नायिकामा परेकी छिन् ।

चलचित्र समिक्षक समाज नेपाल (फिक्सन) ले २०७० सालभरि रिलिज भएका ९७ फिल्म मध्येबाट मतदान गरि उत्कृष्ट छानेको हो । त्यस्तै उत्कृष्टको सुचीमा चलचित्र ‘साँघुरो’बाट निर्देशक जोयस पाण्डे, ‘साँघुरो’बाटै पटकथातर्फ विनोद पौडेल र छायांकनमा ‘बधशाला’बाट शैलेन्द्रध्वज कार्कीले अवार्ड पाउने भएका हुन् ।

त्यस्तै चलचित्र ‘कर्कश’बाट लोकेश बज्राचार्यले उत्कृष्ट सम्पादनको अवार्ड प्राप्त गर्ने भएका छन् । जुरी संयोजक अनुप सुवेदीको नेतृत्वमा फिक्सनका सदस्यहरुले शनिवार मतदान गरि उत्कृष्टको छनौट गरेका हुन् ।

चलचित्र समिक्षक समाजका सहासचिव दीपेन्द्र लामाका अनुसार केही दिनभित्रै एक औपचारिक कार्यक्रमको आयोजना गरि विजेताहरुलाई ‘नेपाल फिल्म क्रिटिक्स अवार्ड’ प्रदान गरिनेछ ।

For More videos Log on to Mazzako TV