असारमै अनौठो प्रेम
देशका विभिन्न स्थानहरुमा च्यारिटी सोहरु गरिएको चलचित्र ‘अनौठो प्रेम कथा’ अब भने हलहरुमा आम दर्शकको लागि रिलिज हुने भएको छ । यही असार २० गतेबाट प्रर्दशमा आउने चलचित्र ‘अनौठो प्रेम कथा’को निर्देशन कञ्चन शाहीले गरेका हुन् । धेरै टेलिभिजन विज्ञापन निर्माण गरिसकेका कञ्चनको यो पहिलो चलचित्र हो ।
चलचित्रमा सुष्मा अधिकारी, सन्तोष वली, निरञ्जन थापा, सपना ताम्राकार, कञ्चन शाही लगायतको मुख्य भुमिका रहेको छ । चलचित्रको निर्माण सुशान्त सिंह, शर्मिला शाही र पुष्पराज शाहीले मिलेर गरेका हुन् ।
चलचित्रको सुटिङ्ग काठमाण्डौं आसपासमा नै गरिएको हो । चलचित्रमा सुरेश अधिकारीको संगीत रहेको छ भने चलचित्रलाई दिपेन्द्र थपलियाले खिचेका हुन् ।
For More videos Log on to Mazzako TV