Mero Valentine Posterचलचित्र ‘मेरो भ्यालेन्टाईन’को गीत नयाँ गीत युट्युबाट सार्वजनिक गरिएको छ । गीतमा शब्द संगीत र स्वर बाबु बोगटीको छ । उनी चलचित्र ‘मेरो भ्यालेन्टाईन’का नायक समेत हुन् ।

चलचित्रमा बाबुका अलावा स्वतन्त्रप्रताप शाह, निशा अधिकारी र सुस्मिता ढकालले पनि अभिनय गरेका छन् । चलचित्रको निर्देशन सुरज सुब्बा नाल्बोले गरेका हुन् । चलचित्रको कथा पनि उनले नै तयार पारेका हुन् ।

चलचित्रमा रोशन श्रेष्ठको द्वन्द निर्देशन रहेको छ भने बनिश शाहले चलचित्रको  सम्पादन गरेका हुन् । चलचित्र श्रावण १६ गतेदेखि प्रर्दशनमा आउनेछ ।

For More videos Log on to Mazzako TV