पुन्टेको परेड रमाईलो खेल, साथीसँगको मेल पढाईमा फेल
पुन्टेको कथा रमाईलो छ । एस एल सी पास गरेपछि क्याम्पस पढ्न गएको पुन्टे, पुरै फ्रि । साथीभाईको संगत रमाईलो छ पुन्टेको लागि, त्यही रमाईलोपन सँग सँगै आउने घट्नाक्रमहरुलाई कमेडी शैलीमा चलचित्रमा हेर्न पाईन्छ । चलचित्रको नामै रमाईलो छ, ‘पुन्टे परेड’ ।
बुधबार राजधानीमा पत्रकार भेटघाटको कार्यक्रम आयोजना गरि चलचित्रको ट्रेलर रिलिज गरिएको छ । चलचित्रको ट्रेलर हेरेरै पनि सहजै अनुमान लगाउन सकिन्छ कि चलचित्रले टिनएजरहरुको कथा बोल्छ । चलचित्रले एक किशोरको फरक सोचाई र त्यही सोचाईले निम्त्याउने घटनाक्रमहरुलाई देखाउनेछ ।
श्रावण २ गतेबाट अलनेपाल रिलिज हुने चलचित्र ‘पुन्टे परेड’मा संयम पुरी, प्रियंका कार्की, एन्जिला दहाल, रबिन्द्र खड्का लगायतका कलाकारहरुलाई देख्न पाईनेछ ।
चलचित्रमा सुरज कोईराला र अनिल अधिकारीको लगानी रहेको छ भने हरि महत चलचित्रका प्रस्तुतकर्ता हुन् । चलचित्रको निर्देशन सुवास कोईरालाले गरेका हुन् । चलचित्रमा तारा प्रकास लिम्बु र टेक नन्द लामाको संगीत रहेको छ ।