विहिबारबाट शुरु हुन लागेको विश्वकप फुटबलको क्रेज यतिबेला यत्रतत्र सर्वत्र पाउन सकिन्छ । टोल, गल्ली, चिया पसल, गाँउ शहर जहाँ तहि फुटबलकै चर्चा छ । खेलप्रेमी सर्वसाधारण देखि नेता र कलाकारहरुले पनि फुटबलको चर्चा गरिरहेका छन् । यही चर्चाको परिवेशलाई हाँस्य टेलिश्रंखला तितो सत्यमा पनि उतार्ने कोशिष गरिएको छ ।

Tito Satya Photo mazzakoonline 10
‘माहोल यतिबेला फुटबलको छ, त्यही भएर पनि तितो सत्यमा अबका केही भागहरु फुटबलमय बनाउने कोशिष गरेका छौ’ निर्देशक दिपकराज गिरी भन्छन् ‘म आफै पनि खेलप्रेमी कलाकार भएकाले स्पोर्टस्ले मलाई चाडै आर्कषित गर्छ ।’ दिपक आफै भने अर्जेन्टिनाको सपोर्टर रहेको बताउछन् भने सहकर्मी दिपाश्री ब्राजिलको, उता दिपक दिपाका पर्दाको छोरो राज भने स्पेनको ।

Tito Satya Photo mazzakoonline 7
‘बास्तविक जीवनमा आफ्नो आफ्नो टिमलाई लिएर जस्तो किसिमको रस्सा कस्सी हुन्छ तितो सत्यका आगामी अंकहरुमा त्यही देखाउन खोजिएको छ’ दिपाको भनाई यस्तो छ ‘तितो सत्यमा म आफै पनि खेलाडी बनेकी छु, मेरो खेल कस्तो होला त्यो थाहा पाउन त तितो सत्य नै हेर्नुपर्ला ।’ त्यस्तै यसै हप्ताबाट रबि डंगोल ‘बेमान’ पनि पाँच बर्ष पछि पुन तितो सत्यमा इन्ट्री मार्दैछन् ।

Tito Satya Photo mazzakoonline 9
नक्कली बाबुराम र प्रचण्डको राजनैतिका खिचातानी र फुटबल प्रशंगलाई यसपालीको तितो सत्यमा देख्न पाईनेछ । फुटबलले बाबुराम प्रचण्ड सम्बन्धमा कस्तो प्रभाव पार्ला ? त्यो थाहा पाउन भने आगामी विहिबार राती प्रसारण हुने तितो सत्य नै हेर्नुपर्ला ।

Tito Satya Photo mazzakoonline 1

Tito Satya Photo mazzakoonline 2

Tito Satya Photo mazzakoonline 3

Tito Satya Photo mazzakoonline 4

Tito Satya Photo mazzakoonline 5

Tito Satya Photo mazzakoonline 6

Tito Satya Photo mazzakoonline 8

For More videos Log on to Mazzako TV