स्टुपिड जीवनको स्टुपिड मन, माया ठुलो हो, हैन धन
भदौ २० गतेबाट प्रर्दशनमा आउने चलचित्र ‘स्टुपिड मन’को माया भरिएको गीत सार्वजनिक गरिएको छ । ‘तिम्रो आँखामा आँसु हेरि हाँस्ने दिन नआओस्, तिमीलाई रुवाई रुवाई बाच्ने दिन नआओस्’, गीतका शब्दहरु निकै भावनात्मक छन् । अर्जुन पोख्रेलको शब्द संगीतमा अन्जु पन्त र स्वरुपराज आचार्यले गीत गाएका छन् ।
चलचित्रका नायक निरज बराल र विवेक शाहीले संयुक्त रुपमा निर्माण गरेको चलचित्र ‘स्टुपिड मन’को सार्वजनिक गरिएको गीतमा नायक जिवन लुईटेल र नायिका चाँदनी शर्मालाई देख्न पाईन्छ । मिन्स्क अनलाईन फिल्मीखबर अवार्डमा प्रिमियर गरिएको गीतलाई युट्युबाट सार्वजनिक गरिएको हो ।
चलचित्रको अधिकांश सुटिङ्ग थाईल्याण्डमा गरिएको हो । दिवाकर भट्टराई निर्देशित चलचित्र ‘स्टुपिड मन’लाई सञ्जय लामाले खिचेका हुन् ।
For More videos Log on to Mazzako TV