Raja Rajendra 2

‘मेरी बास्सै’मा ‘चौरासी बा’को भुमिका निर्वाह गर्ने, स्ट्याण्ड अप कमेडीका चर्चित हाँस्यकलाकार राजा राजेन्द्रलाई पुत्रलाभ भएको छ । शनिवार विहान पाटन हस्पिटलमा १० बजेर ४७ मिनेटमा राजा राजेन्द्र पोख्रेल र उनकी अर्धाङ्गीनी रेनुका देवी वाग्लेलाई पुत्रलाभ भएको हो ।

Raja Rajendra 3

‘पिता बन्दाको अनुभव बढो अनौठो हुने रहेछ’, खुशी हुदै राजेन्द्रले भने ‘अहिलेदेखि नै मेरो बच्चो अरुभन्दा निकै बाठो र भलादमी छ भन्ने मनमा भावना जाग्न थाल्दो रहेछ, म त असाध्यै खुशी छु ।’ आमा र बच्चा दुबै स्वस्थ रहेको पनि उनी जानकारी गराउछन् ।

Raja Rajendra Mazzakoonline

हिमालय टेलिभिजनमा प्रसारणको तयारीमा रहेको, फर्सी नेटवर्कले तयार पारिरहेको ‘जोकतन्त्र’ कार्यक्रमका उनी प्रस्तोता हुन् । रेडियो अडियोमा कार्यक्रम उत्पादको रुपमा काम गरिरहेका राजेन्द्र मज्जाको अनलाईन डट कमका सल्लाहकार पनि हुन् । गायकको रुपमा केही एल्बम निकालेका राजेन्द्र गायनमा भन्दा हाँस्यब्यंग्यमा चर्चित छन् ।

Raja Rajendra 1
राजा राजेन्द्र ‘चौरसी बा’ र ‘गाउँले प्रमुख’को भुमिकामा प्रधानमन्त्री सुशील कोईरालाको क्यारिकेचर गर्न माहिर छन् । ‘मेरी बास्सै’का धेरै भागहरुमा उनले सोही भुमिका निर्वाह गरेका छन् । रेडियो, टेलिभिजन र स्टेजबाट दर्शकलाई हाँसो र खुशी बाडिरहेका हाँस्यकलाकार राजा राजेन्द्र र उनी श्रीमती रेनुका देवी वाग्लेलाई मज्जाको अनलाईन परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना ।

Raja Rajendra 4

Raja Rajendra 7

Raja Rajendra 6

Raja Rajendra 8

For More videos Log on to Mazzako TV