गीत रमाईलो छ, गीतमा आवाज इन्दिरा जोशी र राजेश पायल राईको छ । ‘मेरो लाहुरे आउछ रे यही जेठमा, धेरै कुरा गर्नु छ त्यही भेटमा’ यही रमाईलो आईटम गीतमा ठुली गरिमा पन्तले कम्मर मर्काएकी छिन् । जेठ त जानै लाग्यो गरिमाको लाहुरे कहिले आउने हो त्यो अझै थाहा छैन तर चलचित्र ‘ठुली’ भने नेपाली नारीहरुको महान चाड तीजमा आउने जानकारी गराईएको छ ।

सुर्य बोहोरा निर्देशित चलचित्र ‘ठुली’को सार्वजनि गरिएको गीतमा जीवन लुईटेल र गरिमा पन्तलाई देख्न सकिन्छ । नेपाली समाजमा हुने महिला अत्यचार र दमनका कुराहरु ठुलो स्वरमा ‘ठुली’ले भन्ने चलचित्र युनिट बताउछ । चलचित्रमा जिवन र गरिमाका  अलावा विशाल पहाडी, निला बस्नेत, बाल कलाकार कञ्चन ठकुरी लगायतको पनि अभिनय रहेको छ ।

पुष्कर पन्तले निर्माण गरेको चलचित्र ‘ठुली’मा बसन्त सापकोटाको संगीत रहेको छ । चलचित्रलाई शेर बहादुर लामाले खिचेका हुन् भने बसन्त श्रेष्ठको नृत्य निर्देशन रहेको छ । एक्सन प्रधान चलचित्र ‘ठुली’मा ठुलीलाई फाईट खेल्न सुरेन्द्र शाहले सिकाएका हुन् । चलचित्रका कार्यकारी निर्माता सुनिल बस्नेत हुन् ।

For More videos Log on to Mazzako TV