हाँस्यकलाकार निर्मल शर्मा ‘गैंडा’, गायिका शशी रावल र नायिका नम्रता श्रेष्ठले यसपटकको विश्व वातावरण दिवस बहिरा विद्यार्थीहरुसँग मनाएका छन् । विश्व वातावरण दिवसको दिन विहिबार बालमन्दिर स्थित केन्द्रिय बहिरा उच्च माध्यमिक विद्यालयमा उनीहरु ‘चिया गफ’ टिमको साथमा उपस्थित भएका थिए । बहिरा र अपाङ्गहरु आफैमा कमजोर नहुने बताउदै हाँस्कलाकार निर्मल शर्मा गैडाले अवसर र मौका पाए उनीहरुले सगरमाथा चढ्न पनि सक्ने उदाहरण दिए ।

Mazzakoonline 4

चिया गफ टिमले अयोजना गरेको पानी रंग चित्रकला प्रतियोगीताको उनीहरुले अवलोकन गरे । वातावरणसँग सम्बन्धित रहेका चित्रहरु बनाउनुपर्ने उक्त प्रतियोगीतामा २५ जना बहिरा र अपाङ्ग विद्यार्थीहरुको सहभागीता रहेको थियो । विद्यार्थीहरुलाई चित्र बनाउन दुई घण्टाको समय दिईएको थियो । सो अवधीमा अतिथिहरुको अघि बसेर विद्यार्थीहरुले चित्र कोरेका थिए । प्रतियोगिताका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत समेत गरियो । पानी रंग चित्रकला प्रतियोगीतामा रोशनकुमार श्रेष्ठलाई उत्कृष्ट ठहरिए ।

Mazzakoonline 1
बहिरा र अपांग युवाहरुसँग रमाईलो गर्ने अवसर जुटाईदिएकोमा चिया गफ टिमलाई नायिका नम्रता श्रेष्ठले धन्वाद दिईन । यस्ता प्रतियोगीताहरुले अपांग र बहिरा विद्यार्थीहरुलाई नयाँ नयाँ अवसरहरु सृजना गर्ने पनि नायिकको भनाई थियो । गायिका शशी रावलले गीतको माध्यमबाट शुभकामना दिईन ।
Mazzakoonline 2

Mazzakoonline 3

For More videos Log on to Mazzako TV