Luv sub Mazzakoonline

नेपाली चलचित्र ‘लब सब’ को गीत सार्वजनिक गरिएको छ । सिनेमा छायांकनको बेला खिचिएका विभिन्न फोटोहरु सहितको गीत युट्युबबाट सार्वजनिक गरिएको हो ।  सार्वजनिक गरिएको गीतको बोल ‘छ ख फुल जी माहुरी’ रहेको छ । गीतमा आवाज शिवराम बजगाईको छ भने संगीत सुजिल कर्माचार्यको हो ।

चलचित्र ‘लब सब’लाई सुशिल पोख्रेल र नरेन्द्र महर्जनले मिलेर निर्माण गरेका हुन् । देवकुमार श्रेष्ठले चलचित्रको निर्देशन गरेका छन् । चलचित्रमा संयम पुरी, सलोन बस्नेत, करिश्मा श्रेष्ठ, शिशिर भण्डारी, केके अधिकारी, अर्चन राई आदीको अभिनय हेर्न पाईनेछ । चलचित्रमा संगीत सुजिल कर्माचार्यको रहेको छ भने चलचित्रलाई कृष्ण श्रेष्ठले खिचेका हुन् । चलचित्रलाई साम्तेन भुटियाले लेखेका हुन भने सम्पादन विपिन मल्लको रहेको छ ।

For More videos Log on to Mazzako TV