राष्ट्रपतिबाट पाएर बधाई र शुभकामना, नायिका गरिमाको बढ्यो महिमा
श्रीलंकामा हालै सम्पन्न सार्क फिल्म फेष्टिभलमा उत्कृष्ट नायिकाको अवार्ड उचाल्न सफल भएकी नायिका गरिमा पन्तलाई राष्ट्रपति डा.रामवरण यादवले बधाई तथा शुभकामना दिएका छन् । विहिबार शितल निवासमा एक बिशेष कार्यक्रममा राष्ट्रपतिले नायिका गरिमा पन्तलाई बधाई दिएका हुन् ।
‘झोला’ चलचित्रबाट पाएको सफल्ताले नायिका गरिमा यतिबेला निकै खुुशी छिन् झनै उनलाई राष्ट्रपतिले डाकेर नै शुभकामना दिएपछि त उनी यतिबेला अवाक नै भएकी छिन् । ‘राष्ट्रपतिज्यूले दिनुभएको शुभकामनाको त म शब्दमा बयान गर्न पनि सक्दिन’, नायिका पन्त प्रतिक्रिया दिन्छिन् । चलचित्रको माध्यमबाट देश तथा विदेशमा नेपालको नाम फैलाउन भुमिका खेलेको कुराको राष्ट्रपतिले मुक्तकण्ठले प्रशंसा गरेका छन् ।
‘मैले पुरै चलचित्र हेर्न त पाएको छैन तर टेलिभिजनमा तपाईले बुढो मान्छेलाई बोकेको दुश्य सहितको प्रोमो हेरेको थिए, उक्त दृश्यल मेरो मन छोएको थियोे’, राष्ट्रपति यादवले भने ‘तपाई श्रीलंकामा पुरस्कृत भएको थाहा पाएपछि भेटेरै शुभकामना दिऔ भनेर यो कार्यक्रम आयोजना गरिएको हो’। त्यस्तै राष्ट्रपतिले नायिका गरिमाको चलचित्र राष्ट्रपति निवासका सबै सदस्यहरु र आफ्नो निजी परिवार सबै सँगै बसेर हेर्ने चाहना पनि ब्यक्त गरे । उक्त कार्यक्रममा नायिका पन्तलाई पनि राष्ट्रपतिले उपस्थ्ति भईदिन आग्रह गरे ।
आगमी दिनमा पनि चलचित्रको माध्यमबाट समाजमा सकारात्मक भुमिका निर्वाह गर्न समेत राष्ट्रपतिले आग्रह गरे । यता, नायिका गरिमा पन्तले राष्ट्रपतिबाट बधाई तथा शुभकामना पाउनु आफ्नो लागि निकै ठुलो उपलब्धी हासिल गरेको झै भएको प्रतिक्रिया दिईन् ।
शितल निवासमा करिब एक घण्टा जति चलेको कार्यक्रममा राष्ट्रपतिले देशको राजनीतिक अवस्थाको बारेमा पनि चिन्ता ब्यक्त गरेका थिए । सबैले आ–आफ्नो क्षेत्रबाट राष्ट्रलाई योगदान दिनुपर्ने उनको भनाई थियो ।
नेपालकै प्रतिनिधित्व गर्दै पहिलो पटक अन्तर्राष्ट्रिय अवार्ड जित्ने नायिका गरिमा पन्त राष्ट्रपतिको निम्तोमा शुभकामना र बधाई पाउने पहिलो नायिका बनेकी छिन् । मज्जाको अनलाईनको तर्फबाट पनि नायिका गरिमा पन्तलाई बधाई तथा शुभकामना ।
तस्वीर– दीप बिमली
For More videos Log on to Mazzako TV