रानी मुखर्जी र आदित्य चोपडाको विहेको खबर जब मिडियामा आयो, तब उनका लाखौं फ्यान उनलाई एक नजर हेर्न चाहान्थे । तर रानी भने मिडियाको सामु देखा पर्न नै चाहिनन् । उनले विहेको एउटा सानो पार्टी राखिन जहाँ उनका नातागोता र खास साथीहरु मात्रै थिए, त्यही बेला उनको एक झलक मिडिया सामू आएको थियो । विहेको एक महिना बढी भईसकेको छ, यतिबेला भने उनी पुन: एक्टिङ्गमा फर्किएकी छिन् ।

Rani Mukharjee Mazzakoonline 1

रानीको विहेपछिको चलचित्रको नाम ‘मर्दानी’ हो । रमाईलो कुरो के छ भने विवाह पछि चलचित्रको पर्दामा उनलाई कमब्याक गराउने अरु कोही नभएर उनकै श्रीमान् आदित्य चोपडा हुन् । श्रीमान् लगानी गर्ने श्रीमती अभिनय, वाह क्या बात ।

Rani Mukharjee Mazzakoonline 2
चलचित्र ‘मर्दानी’को सुटिङ्ग शुरु भईसकेको छ । यो चलचित्रमा रानीको निकै बोल्ड अवतार देख्न पाईनेछ । फिल्ममा रानीको भरपुर स्टन्ड र एक्सन हेर्न पाईनेछ । मर्दानीमा रानीले पुलिस अफिसरको भुमिका निर्वाह गर्नेछिन् । सुटिङ्गको तस्वीरहरुमा उनी डेनिम लुक्समा देखा परेकी छिन् । चलचित्र मर्दानीको निर्देशन प्रदीप सरकारले गरिरहेका छन् ।

Rani Mukharjee Mazzakoonline 3

Rani Mukharjee Mazzakoonline 4

Rani Mukharjee Mazzakoonline 5

For More videos Log on to Mazzako TV