BIrkhe lai chinchhas mazzakoonline

नेपाली कथानक चलचित्र ‘बिर्खेलाई चिन्छस्’को गीत सार्वजनिक भएको छ । सुटिङ्गको बेला खिचिएका तस्वीरहरु सहित युट्युबबाट गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको टाईटल ट्रयाकमा सन्तोष लामा र प्राश्ना शाक्यको आवाज रहेको छ । गीतमा शब्द बासुदेव मुनालको छ भने संगीत माहित मुनालले दिएका छन् ।

यही भदौ २० गतेबाट अलनेपाल रिलिज हुने चलचित्र ‘बिर्खेलाई चिन्छस्’ अभिनेता सुवास थापाले निर्माण गरेको पहिलो चलचित्र हो । बिर्खेलाई चिन्छस् को निर्देशन अराज केशव गिरीले गरेका हुन् । चलचित्रमा सुवास थापा, शिशिर भण्डारी, सुरेश उप्रेती, शिशिर राणा, विनिता खड्का, बालदीप राई, आयुषा राई लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

विर्खेलाई चिन्छस् को MP3 डाउनलोड गर्न मज्जको अनलाईनको Download मा जानुहोला ।

 

For More videos Log on to Mazzako TV