Mukhautaमल्टिकाष्ट चलचित्र ‘मुखौटा’को देशदौडाहा अन्तरर्गत यतिबेला चलचित्रको टोली पोखरा पुगेको छ । पोखराका विभिन्न स्कुल र कलेजमा चलचित्रको टोलीले विद्यार्थीहरुसँग चलचित्रको बारेमा अन्तरक्रिया गरिरहेको छ ।

चलचित्रको प्रचार प्रसार गर्न चलचित्रका कलाकारहरु सुनिल थापा, निशा अधिकारी र निर्माता रविन श्रेष्ठसहितको टोली पोखरा पुगेको हो । फिल्मको टोलीले चलचित्र हेरेर प्रतिक्रिया दिन अनुरोध गरेको छ । त्यस्तै विद्यार्थीहरुलाई टि–सर्ट र फुटबल समेत बाडिएको छ ।

‘चलचित्र पुर्ण रुपमा मनोरञ्जनात्मक बनेको छ’,  पोखराका सञ्चारकर्मीहरुसँग कुरा गर्दै चलचित्रका कलाकार सुनिल थापाले भने ‘चलचित्रले दर्शकको मन जित्ने कुरामा कुनै दुईमत छैन’ । लगभग एक करोड हाराहारीको बजेटमा बनेको चलचित्र ‘मुखौटा’ यही जेठ ३० गतेबाट प्रर्दशनमा आउदैछ । चलचित्रको मेकिङ्गमा कुनै पनि सम्झौता नगरिएको चलचित्रका निर्माता रविन श्रेष्ठ बताउछन् ।

चलचित्र ‘मुखौटा’को निर्देशन अर्पण थापाले गरेका हुन् । चलचित्रमा महानायक राजेश हमाल, सुनिल थापा, सौगात मल्ल, दयाहाङ्ग राई, निशा अधिकारी, रविन तामाङ्ग, हर्षिका श्रेष्ठ, प्रशान्त तामाङ्ग र स्वयं अर्पण थापा पनि देखा पर्दैछन् ।  काठमाण्डौंमा बिकसित भएको डन संस्कृतिलाई चलचित्रको मुख्य कथाबस्तु बनाईएको छ ।

For More videos Log on to Mazzako TV