चलचित्र ‘पुन्टे परेड’मा पुन्टे संयमलाई नायिका प्रियंका कार्कीले नाच्न सिकाएकी छिन् । मतलब चलचित्रको आईटम गीतको कोरियोग्राफी नायिका कार्कीले गरेकी हुन् । यसअघि प्रर्दशनमा आएको चलचित्र ‘आवारण’मा गीत गाएर चर्चा बटुलेकी प्रियंकाले ‘पुन्टे परेड’मा कोरियोग्राफी गरेर  यतिबेला फिल्म नगरीमा चर्चामा छिन् ।

Puntae Parad Mazzakoonline 1

‘पुन्टे परेड’को ‘ककटेल जवानी’मा बोलको गीतमा नायिका कार्कीले कोरियोग्राफी गरेकी हुन् । गीतमा उनी आफै नाच्नुको साथै संयम पुरी, निलु डोल्मा शेर्पा  र रविन्द्र खड्कालाई नृत्य सिकाएकी छिन् । त्यस्तै उनले चलचित्र ‘मिसन पैसा २’ को एक गीतमा समेत कोरियोग्राफी गरेकी छिन् । उनले ‘मिसन पैसा २’ मा निशालाई नचाउन समेत भ्याएकी छिन् ।

Puntae Parad Mazzakoonline 3
अभिनयसँगै नृत्य र गायनमा पनि उत्तिकै रुचि राख्ने प्रियंकाले ‘पुन्टे परेड’मा विषेश भुमिका निभाएकी छिन् । प्रियंकाले गाएको गीत झै उनको कोरियोग्राफीले चलचित्रलाई पनि प्लस प्वाईन्ट गराउनेमा निर्देशक सुवास कोईराला विश्वस्त देखिन्छन् । नायिका कार्कीको कलालाई आफुले चलचित्रमा भरपुर उतार्ने प्रयास गरेको सुवास सुनाउछन् । यसअघि उनले नै ‘आवरण’मा कार्कीलाई गीत गाउन लगाएका थिए ।

Puntae Parad Mazzakoonline 2
कमेडी शैलीको चलचित्र ‘पुन्टे परेड’मा प्रियंका र संयमका अलावा एन्जिला दाहाल, निलु डोल्मा शेर्पा, रविन्द्र खड्का, गीता अधिकारी लगायतको मुख्य भुमिका रहेको छ । चलचित्रलाई हरि महत, सुरज कोईराला र अनिल अधिकारीले मिलेर बनाएका हुन् । चलचित्र यही श्रावण २ गतेबाट अलनेपाल प्रर्दशनमा आउदैछ ।

For More videos Log on to Mazzako TV