Finger Print‘फिङ्गर प्रिन्ट’ नामक चलचित्र निर्माण हुने भएको छ । चलचित्रको मंगलबार शुभ साईत गरियो भने सोही दिनबाट सुटिङ्ग पनि थालिएको छ । चलचित्रको निर्देशन नविन निरौलाले गरिरहेका छन् । नविनले सानो पर्दामा सम्पादनको राम्रो अनुभव बटुलेका छन् ।

निर्देशकका अनुसार चलचित्र मेडिकल साईन्ससँग सम्बन्धित रहेको छ । चलचित्र सस्पेन्स थ्रिलर हुने निर्माण पक्षले बताएको छ । ‘एउटा यस्तो औधषी हुन्छ, जसको प्रयोगले मानिसको फिङ्गर प्रिन्ट हराउँछ चलचित्रले यही कुरालाई देखाउनेछ’, निर्देशक निरौला चलचित्रको बारेमा यसरी जानकारी दिन्छन् । फिङ्गर प्रिन्ट मेटाएर गरिने अपराधको कथा चलचित्रले बोल्नेछ । चलचित्रको कथाबस्तुले दर्शकको मन छुनेमा निर्माण युनिट विश्वस्त देखिएको छ ।

फिल्म ‘फिङ्गर प्रिन्ट’मा प्रेम र रोमान्सका कुराहरु पनि रहने बताईएको छ । कामना फिल्मस्को ब्यानरमा अनिल श्रेष्ठले निर्माण गरिरहेको चलचित्र ‘फिङ्गर प्रिन्ट’मा सरिता लामिछाने, रमेश बुढाथोकी, ओम प्रतिक, दीपक त्रिपाठी, शंकर आचार्य, आनन्द पुन, जेसिका भुषाल, अमन पोखरेल, रश्मी भट्ट लगायतका कलाकारहरुको अभिनय रहनेछ । चलचित्रमा राजेन्द्र श्रेष्ठको संगीत रहनेछ । चलचित्रलाई सुमन तण्डुकारले खिच्दैछन् ।

Fingure Print

For More videos Log on to Mazzako TV