श्री पशुपति नाथ मन्दिरमा स्थित पशुपति बृद्धाश्रममा अब वृद्धबृद्धाका लागि चलचित्र देखाईने भएको छ । बुढाबुढीहरुलाई मनोरञ्जन पनि चाहिन्छ भन्ने उदेश्यको साथमा मनोरञ्जन दान गर्नतर्फ नेपाल फिल्म सोेसाईटीले अग्रसरता देखाएको हो ।

Pashupati

पशुपति बृद्धाश्रममा खाना र नाना लिएर त सयौं ब्यक्तिहरु दैनिक पुग्ने गरेका छन् तर बृद्धाश्रममा मनोरञ्जनका लागि फिल्म देखाउन तर्फ भने फिल्म सोसाईटीको ध्यान गएको छ । आश्रममा करिब डेढसय वृद्धबृद्धा बस्ने गरेका छन् । उनीहरुलाई प्रत्येक महिनाको तेस्रोे मंगलबार नेपाली फिल्म दखाउने लक्ष्य फिल्म सोसाईटीले लिएको छ । सो कार्यको थालनी हिजो (मंगलबार) बाट गरिएको छ ।

चलचित्र प्रर्दशनको पहिलो दिन चलचित्र ‘लगनगाँठो’ देखाईयो । ‘बुढाबुढी आमाबुवाहरुको लागि थोरै भएपनि मनोरञ्जन प्रदान गरौं भन्ने उदेश्यले यो अभियानको थालनी गरेका हौं’, फिल्म सोसाईटीका अध्यक्ष कृष्ण मल्लले प्रतिक्रिया दिए ।

For More videos Log on to Mazzako TV