दयाहाङ्ग दुई दिने गायक, उनी गायक कि नायक लायक ?
चलचित्रको शीर्ष भुमिकामा अभिनय गरेपनि आफुलाई चलचित्रको ‘हिरो होईन मात्र कलाकार’ भन्न रुचाउने दयाहाङ्ग राई गायक बनेका छन् । दुई दिनमै रेष्टुरामा गीत गाएर उनी गायक बनेका हुन् । उनको यही डाईलग सहितको ट्रेलर रिलिज भएको छ । चलचित्रको नाम हो ‘नागबेली’ ।
असार २७ गतेबाट अलनेपाल रिलिज हुने चलचित्र ‘नागबेली’ नृत्य निर्देशक गोविन्द राईले निर्देशन गरेको पहिलो चलचित्र हो । रोमियन लिम्बुले निर्माण गरेको चलचित्र नागबेलीमा दहाहाङ्ग राईको अलावा यशराज गरच, हर्षिका श्रेष्ठ, विक्की मल्ल, सुरभी जैन, अशोक फुयाल, सम्भव श्रेष्ठ लगायतको अभिनय रहेको छ ।
काठमाण्डौका संघर्षरत चार युवाको कथालाई फिल्मममा मुख्य विषय बनाइएको छ । चलचित्रलाई समिक्षक दिपेन्द्र लामाले लेखेका हुन् । निर्देशक राईसँगै कमल राईले फिल्ममा नृत्य निर्देशन गरेका छन् । विवि अनुरागी, शितल मोक्तान र रुद्र बोहोराको संगीत छ । ‘नागबेली’ का द्धन्द्ध निर्देशक रोशन श्रेष्ठ हुन् ।
For More videos Log on to Mazzako TV