prachanda mazzakoonline

सांस्कृतिक क्रान्ति नै गर्नुपर्छ भन्दै जनयुद्व समेत हाकेका, माया पिरती विकृति हो भनेर तत्कालिन समयमा ब्याख्या गर्न समेत भ्याएका प्रचण्डकी नातिनीले भने मनवादी संस्कृतिलाई अंगालेकी छिन् । उनले जनवादी होईन मनवादी संगीत रोजेकी छिन् । उनले गाएका माया पिरतीको गीतले यतिबेला चर्चा पाउन थालीसकेका छन् ।

Smita Mazzakoonline

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड की नातिनी स्मिता दाहालले गाएको नयाँ गीतको भिडियो भर्खरै सार्वजनिक भएको छ । एल्बम ‘स्मिता’मा समावेश गरिएको ‘प्रिय तिम्रो’ बोलको गीतको म्युजिक भिडियोमा नायिका प्रियंका कार्की र नायक रेश मरहठ्ठालाई देख्न सकिन्छ ।

Resh N Priyanka Mazzakoonline

सानै देखि गायनमा रुचि राख्ने स्मिताले गाएको ‘साना साना नानी’ बोलको बालगीतबाटै उनको गायनको चर्चा शुरु भएको थियो । १६ बर्षीया स्मिताको एल्बम ‘स्मिता’मा समावेश  ‘प्रिय तिम्रो’ बोलको गीति भिडियोलाई धिरज जंग शाहले छायांकन गरेका हुन भने टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

गीतमा शब्द संगीत रेशमराज भट्टराईको छ । प्रशन्न पौडेल निर्देशित भिडियोमा मायामा हुने उतारचढावलाई  देखाउन खोजिएको छ । गायीका स्मिता, प्रचण्डकी छोरी गंगा दाहालकी छोरी हुन् ।

For More videos Log on to Mazzako TV