Rang Baijani Mazzakoonline 2

लगभग १२ बर्षपछि चलचित्र निर्देशनमा फर्किएका निर्देशक शम्भु प्रधान निर्देशित चलचित्र ‘रङ्ग वैजनी’ को छायांकन सकिएको छ । पुर्णत प्रेम कथामा आधारित रहेको चलचित्र ‘रङ्ग वैजनी’मा गरिमा पन्त र सुमिना घिमिरे मुख्य भुमिकामा रहेका छन् । यही चलचित्रबाट मोडल दिक्पाल कार्की पनि चलचित्रमा नायकको रुपमा डेब्यु गर्दैछन् ।

Rang Baijani Mazzakoonline 3
चलचित्रको सुटिङ्ग काठमाण्डौ आसपासमा नै गरिएको हो । अनुमानित तालिका अनुसार नै चलचित्रको सुटिङ्ग २९ दिनमा सकिएको छ । अब यसै साताबाट चलचित्रको सम्पादन थालिने निर्देशक प्रधानले जानकारी दिएका छन् । चलचित्रको सम्पादन सिने जोन स्टुडियोमा गरिने बताईएको छ ।

Rang Baijani Mazzakoonline

चलचित्रलाई लिएर नायिका सुमिना घिमिरे निकै उत्साहित देखिन्छिन् । मायामा त्याग पनि हुन्छ भन्ने कुरालाई उनको भुमिकाले चलचित्रमा स्पष्ट पार्ने उनी सुनाउछिन् । चलचित्र रंग बैजनीलाई उनले पारिवारीक चलचित्रको रुपमा परिभाषित गरेकी छिन् । यता गरिमा पनि चलचत्रिमा आफ्नो भुमिकालाई दर्शकले मन पराउने कुरामा ढुक्क देखिएकी छिन् ।

Rang Baijani Mazzakoonline 4

आफ्नै होम प्रोडक्सनमा बनेको चलचित्र ‘रंङ्ग वैजनी’बाट निर्देशक प्रधानले आफ्ना छोरा शशांक प्रधानलाई सिनेमेट्रोग्राफरको रुपमा डेब्यु गराएका छन् । त्यस्तै बलिउडमा छायांकारको रुपमा काम गर्ने बिनोद प्रधानका सुपुत्र दीप प्रधानले पनि यही चलचित्रबाट संगीतकारको रुपमा डेब्यु गर्दैछन् ।

For More videos Log on to Mazzako TV