हवल्दारको हेटौडामा हंगामा, शिल्पाको मन चंगामा (तस्वीर बोल्छ)
चलचित्रको नाम हो ‘हवल्दार सुन्तली’ । निर्माता छविराज ओझा भने निर्देशक ऋषि लामिछाने हुन् । हेटौडाको चर्को घाममा सोमबारदेखि चलिचित्रको सुटिङ्ग थालिएको छ । हेटौडाको गर्मीमा अझै १० दिनसम्म ‘हवल्दार सुन्तली’ले हंगामा गर्ने भएकी छिन् ।
‘हवल्दार सुन्तली’मा भरपुर एक्सन सहित हंगामा गर्न कम्मर कसेर लागेकी छिन नायिका शिल्पा पोखरेल । चलचित्रमा उनलाई किशोर खतिवडा र सविन श्रेष्ठले साथ दिदैछन् ।
‘हवल्दार सुन्तली’को सुटिङ्ग गीतबाट शुरु गरिएको छ । चलचित्रको नृत्य निर्देशन कविराज गहतराजले गरिरहेका छन् । लगभग दुई दर्जन कोरस डान्सरहरुसहित गीतको भिजुअल भब्य देखाउन कविराज निकै मेहनत गरिरहेको निर्माण युनिट जानकारी गराउछ ।
निर्माता छविका अनुसार चलचित्र ‘हवल्दार सुन्तली’ निकै महंगो हुनेछ । चलचित्रको लगानी करिब एक करोड हुने निर्माण युनिटको प्रारम्भिक अनुमान छ । चलचित्रको सुटिङ्ग अविधि दुई महिनाको रहेको छ । । चलचित्रमा नेपालको पुर्व मेचीदेखि पश्चिम महाकाली सम्मको कथालाई देखाउने बताईएको छ ।
छविराज प्रोडक्सनमा निर्देशक ऋषि लामिछानेको यो पहिलो चलचित्र हो । छविराज ओझासँगको पहिलो अनुभव निकै रमाईलो भईरहेको निर्देशक जानकारी दिन्छन् । त्यस्तै आफ्नै ब्यानरबाट नेपाली रजतपटमा नायिकाको रुपमा डेब्यु गराएकी शिल्पा अभिनित चलचित्र ‘लज्जा’ भने कत्तिक ७ गतेदेखि अलनेपाल प्रर्दशनमा आउदैछ ।