झमेलामा ‘१२ नेपाली एक चिहान’, कस्तो होला त भोलीको बिहान ?
चलचित्र ‘१२ नेपाली एक चिहान’ले प्रर्दशनको संघारमा आएर निकै झमेला खेप्नु परिरहेको छ । चलचित्रको सेन्सर नै नगर्ने भन्ने सेन्सर बोर्डको निर्णयले चलचित्र निर्माण युनिटलाई निकै मार्का परेको चलचित्रका निर्माताको भनाई छ । यसैबीच चलचित्र ‘१२ नेपाली एक चिहान’ले सञ्चारमन्त्री समक्ष ज्ञापनपत्र समेत बुझाएको छ ।
चलचित्रलाई सेन्सर बोर्डले सेन्सर नै नगरेको भन्दै सेन्सर बोर्डको पुर्वाग्रही निर्णय तुरुन्द बन्द गरियोस् भन्ने माग राखेको छ । चलचित्र निर्माता संघको रोहबरमा चलचित्रका निर्माता तथा निर्देशक अरुण प्रधानले सञ्चारमन्त्री मिनेन्द्र रिजाललाई आईतबार मन्त्रालयमै पुगेर ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापन पत्रमा चलचित्र पर्दशनमा लगाएको रोक्काको आदेश खारेजी, लगानी र अधिब्यक्ति स्वतन्त्रताको संरक्षण गरियोस भन्ने कुराहरु उल्लेख गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै सञ्चारमन्त्री रिजालले एक पटक चलचित्र हेरेपछि मात्रै निर्णय गर्ने बताएका छन् । केन्द्रीय चलचित्र जाच समितका अध्यक्ष कविराज खनाललाई चलचित्र हेरेर उचित निर्णय लिन मन्त्रीले निर्देशन दिएका छन् । चलचित्र हेरिसकेपछि इराकमा मारिएकाको परिवारका सदस्यसँग यो बिषयमा छलफल गरिने उनले बताएका छन् ।
त्यस्तै निर्माण युनिटले चलचित्र विकास बोर्डका अध्यक्ष धमेन्द्र मरवैतालाई पनि ज्ञापनपत्र बुझाएको छ । सुचना तथा सञ्चार मन्त्रालयको पहलमा सेन्सर बोर्डको निर्णय बदर नभएमा निर्माण युनिटले अदालत जाने पनि बताएको छ । इराकमा भएको सामुहिक हत्याको यो घटनाको अमेरिकी एक अदालतमा मुद्दा चलिरहेकोले यो फिल्मलाई रोक्का लगाईएको भन्ने अपुष्ट जानकारी आएकोले त्यसकोले यदि त्यसो हो भने त्यसको ठोस प्रमाण पेश गर्न पनि माग राखिएको छ ।
अरुण कुमार प्रधानको निर्देशनमा बनेको चलचित्र १२ नेपाली एक चिहानमा राजन खतिवडा, उत्तम जंग लिम्बु, बिक्रम सिंह, जतीन ताम्राकार, रविन्द्र झा, राम भक्त कामत लगातयका थिएटरका कलाकारहरुले अभिनय गरेका छन् । चलचित्र इराकमा मारिएका १२ जना नेपालीहरुको कथामा बनेको हो । ७० लाखको लगानीमा बनेको यस चलचित्रको प्रिमियर केही समय अघि हङ्गकङ्गमा गरिएको थियो ।
For More videos Log on to Mazzako TV