‘छिनको छिनमै बेहाल हुन्छ मन’ भन्दै नाच्दै छिन् नायिका निशा अधिकारी । निशालाई ‘एक चुट्कीमा चसक्क हुन्छ मन, एक साउतीमा हलचल हुन्छ तन’, के भएको हो त उनलाई ? भिडियोमा आफै हेर्न सक्नुहुनेछ ।

चलचित्र ‘मुखौटा’को नयाँ गीतमा निशाको मन बेहाल भएको देखाईएको छ । यही जेठ ३० गतेबाट अलनेपाल रिलिज हुन लागेको चलचित्र ‘मुखौटा’को यस गीतमा आवाज इन्दिरा जोशीको रहेको छ । गीतमा शब्द भुपेन्द्र खड्काको छ भने संगीत कल्याण सिंहको रहेको छ । गीतको कोरियोग्राफी रेनशा राईले गरेकी हुन् ।

चलचित्र ‘मुखौटा’लाई अर्पण थापाले निर्देशन गरेका हुन् । रविन श्रेष्ठको लगानी रहेको मुखौटामा महानायक राजेश हमाल, निशा अधिकारी, रविन तामाङ्ग, सुनिल थापा, सौगात मल्ल, दयाहाङ्ग राई, हर्षिका श्रेष्ठ, प्रशान्त ताम्राकार र साथमा अर्पण थापालाई पनि देख्न पाईनेछ ।

For More videos Log on to Mazzako TV