‘आउ सम्हाल मलाई………..’ चलचित्र ‘पुन्टे परेड’को गीत सार्वजनिक भएको छ । गीतको शब्द रमाईलो छ । गीतमा पुन्टे अर्थात संयम पुरी र एन्जिला दहालको रमाईलो प्रेम परेड हेर्न पाईन्छ । रिलिज गरिएको गीतमा अवाज बादल लिम्बु र मेनुका राईको रहेको छ भने संगीत ताराप्रकास लिम्बुको रहेको छ । गीत सञ्चारकर्मी नरेश भट्टराईले लेखेका हुन् ।

चलचित्र ‘पुन्टे परेड’मा तीन वटा गीत रहेको निर्माण युनिटले जानकारी दिएको छ । चलचित्रका तीनवटा गीत मध्ये एक गीतमा नायिका प्रियंका कार्कीले नृत्य निर्देशन गरेकी छिन् । नायिका प्रियंका कार्कीलाई पनि ‘पुन्टे परेड’मा विषेश भुमिकामा देख्न पाईनेछ ।

चलचित्र ‘पुन्टे परेड’को निर्माण हरि महत, सुरज कोईराला र अनिल अधिकारी मिलेर गरेका हुन् । कमेडी शैलीको चलचित्र ‘पुन्टे परेड’को निर्देशक सुवास कोईराला हुन् । चलचित्रमा संयम र एन्जिलाका अलावा निलु डोमा शेर्पा, रविन्द्र खड्का, गीता अधिकारी, स्वेता थापा र विषेश भुमिकामा नायिका प्रियंका कार्की पनि देखा परेकी छिन् ।

श्रावण २ गतेबाट अल नेपाल रिलिज हुने चलचित्र ‘पुन्टे परेड’को कथा निलु डोमा शेर्पाले लेखेका हुन् भने पटकथा र सम्वाद शान बस्न्यातको रहेको छ ।

For More videos Log on to Mazzako TV