Barsha Mazzakoonline

बर्षा हराईन कता कता, उनलाई खोज्न भौतारिए रन्जन यता उता । यो कस्तो प्रेम, यो कस्तो विधिको विधान ? सञ्चारकर्मी बिधान कार्कीले नै यो विधान लेख्ने कोसिष गरेका छन् । उनले यो कथानक एक म्युजिक भिडियोको लागि बुनेका हुन् । गीतको बोल छ ‘छौ कहाँ तिमी कहाँ छौ ।’

3

अनल गौतमको रचना, राज सागरको स्वर तथा संगीत रहेको ‘छौं कहाँ तिमी कहाँ छौं’ बोलको बियोगान्त भिडियोलाई बिधानले निर्देशन गरेका हुन् ।

भिडियोलाई औपचारिक रुपमा शनिवार एक पत्रकार भेटघाटको कार्यक्रम आयोजना गरि सार्वजनिक गरियो । भिडियोमा रन्जन रिमाल र वर्षा सिवाकोटीलाई देख्न सकिन्छ । वर्षा ‘नाईं नभन्नू ल २’ बाट रजतपटमा डेव्य गरेकी अभिनेत्री हुन् ।

राजधानीको सुमित होटलमा छायाँकन गरिएको भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् । सम्पादन निशान घिमिरेको छ । पत्रकारहरुबाट भिडियोलाई सकारात्मक प्रतिक्रिया मिलेपछि सञ्चारकर्मी निर्देशक बिधान मख्ख छन् । उनले अन्य भिडियोको निर्देशन गर्न समेत प्रस्ताव आइरहेको बताए ।

For More videos Log on to Mazzako TV