राजनको यो कस्तो सम्बन्ध ? (भिडियो सहित)
गायक राजन तिमिल्सिनाको सम्बन्धको चर्चा छ यतिबेला बजारमा । उनको को सँगको कस्तोे सम्बन्धको चर्चा हो ? भन्नेमा यदि तपाईलाई जिज्ञासा लागेको हो भने स्पष्ट पारि हालौ उनको सम्बन्ध संगीतसँगको हो । उनको पछिल्लो एल्बम ‘यो सम्बन्ध’ यतिबेला बजारमा आईसकेको छ ।
यसअघि करिब २ बर्ष पहिले उनले ‘कदम’ नामक एल्बम बजारमा ल्याएर नेपाली संगीत क्षेत्रमा कदम अगाडी बढाईसकेका छन् । एल्बम ‘कदम’को ‘तिम्रो माया बिना’ बोलको गीतबाट उनले दर्शक स्रोताको राम्रो तारिफ पनि पाउन सफल भए ।
गायक तिमिल्सिनाको दिनचर्या आजभोली संगीतमै बित्ने गरेको उनी बताउछन् । रत्न राज्य क्याम्समा संगीतमा ब्याचलर गर्दै गरेका गायक तिमिल्सिना विभिन्न सांगितिक कार्यक्रममा प्रस्तुती दिन भ्याई नभ्याई छ ।
‘एल्बम यो सम्बन्धका गीतहरुले दर्शकको मनजित्न सफल भईरहेको देख्दा खुशी लागेको छ’, गायक भन्छन् ‘नेपाली सांगितिक क्षेत्रमा आफ्नै स्थान बनाउन लागिपरेको छु, आशा छ दर्शकले मेरो साथ दिनुहुनेछ ।’ एल्बम ‘यो सम्बन्ध’मा ५ वटा गीत संग्रहित गरिएको छ । गीतमा शब्द रबि मल्लको छ भने संगीत गायक स्वयंले दिएका छन् ।
यो सम्बन्धको म्युजिक भिडियो हेरौं ।
For More videos Log on to Mazzako TV