अमिताभ……अब शमिताभ !
बलिउडका ‘बिग बि’ अर्थात अमिताभ बच्चनको आगामी चलचित्रको नाम हो ‘शमिताभ’ । चलचित्रको निर्देशन आर बाल्कीले गर्दैछन् । ‘चीनी कम’ र ‘पा’ जस्ता चलचित्रमा अमिताभलाई अलग अन्दाजमा प्रस्तुत गरेका निर्देशक बाल्कीको चलचित्र ‘शमिताभ’मा पनि ‘बिग बि’ लाई फरक ढंगमा प्रस्तुत गर्दैछन् ।
चलचित्रको कथा पनि निर्देशक बाल्कीले नै लेखेका हुन् । चलचित्रको यतिबेला धमाधम सुटिङ्ग चलिरहेको छ । चलचित्र ‘शमिताभ’मा अभिताभका अलावा नेश्नल अवार्ड विनर धनुषको पनि अभिनय हेर्न पाईनेछ । यही चलचित्रबाट कमल हसनकी छोरी अक्षरा पनि बलिउडमा ड्ब्यु गर्दैछिन् ।
चलचित्रमा संगीत इलैयाराजाको रहेको छ भने चलचित्रलाई पीसी श्रीरामले खिचिईरहेका छन् ।
For More videos Log on to Mazzako TV