b10

पहिले धेरै चलचित्रहरुले ५१ दिन मनाएको खुशी साट्न पाईन्थ्यो, आजभोली भने चलचित्रले ५१ दिन मनाउने कुरा इतिहास जस्तै भईसकेको छ । तर, अझै पनि यदि राम्रो चलचित्र बनाईयो भने दर्शकले उतिकै माया गर्छन भन्ने कुरा प्रमाणित भएको छ । चलचित्र ‘नाई नभन्नू ल २’ ले प्रर्दशनको गौरवमय ५१ मनाउन सफल भएको छ ।

चैत्र २८ गतेबाट प्रर्दशनमा आएको चलचित्र ‘नाई नभन्नू ल २’ ले दाङ्ग तुलसीपुरको विष्णु चलचित्र मन्दिरमा ५१ दिन मनाउन सफल भएको हो । शनिवार चलचित्रका कलाकार र निर्माण युनिटले विष्णु चलचित्र मन्दिरमा दर्शकसँग बसेर चलचित्र हेरेका छन् ।

दर्शकसँग ५१ दिनको खुशीयाली साट्न निर्देशक विकास आचार्य सहित चलचित्रका कालकारहरु अनुभव रेग्मी, सोहित मानन्धर, कविता रेग्मी, उत्तम केसी, वितरक विक्रम पराजुली, मुख्य सहायक अभिनेता मुस्कान ढकाल, सिविन दहाल, मेकअप आर्टिष्ट श्याम बराल र निर्देशक योगेश घिमिरे दाङ्ग पुगेका थिए ।

b11
बुटवलको कालिका हल भ्रमण गर्दै तुलसीपुर पुगेका निर्देशक आचार्यले  ‘नाई नभन्नू ल २’ प्रदर्शनको ५१ दिन सम्म आईपुग्दा नेपालबाट ४ करोड माथिको ग्रस कारोवार गर्न सफल भएको बताए । बिष्णु चलचित्र मन्दिरको साथमा काठमाण्डौका गोपीकृष्ण र गुण हलमा समेत यो फिल्मले प्रर्दशनको ५१औँ दिन पुर्याएको छ ।

For More videos Log on to Mazzako TV