अफिस मिटिङ्ग भन्दा, डेटिङ्गको सेटिङ्ग प्यारो ! (भिडियो हेरौं)
‘अफिस जान्छु भन्दै तिमी डेटिङ्ग तिर जान्छौ, डाईटिङ्गमा छु म भन्दै पिजा बर्गर खान्छौ’, गीतको शब्द रमाईलो छ, संगीत पनि उस्तै । गीतमा आवाज कृष्ण काफ्लेको छ, शब्द सुर्य अधिकारीको भने संगीत दिपक शर्माको । गीतको एरेन्जमेन्ट टंक बुढाथोकीले गरेका हुन् । गीतको बोल छ ‘फुल जस्तो रुप तिम्रो काँडा जस्तो बानी’ ।
गीतको भिडियो भर्खरै रिलिज गरिएको छ । भिडियोको कथानक अनुसार राजमार्गमा फलफूल बेच्ने युवतीको रुप देखेर मख्ख परेका व्यक्तिले उनलाई काठमाडौं ल्याएर नायिका बनाउछन् । तर उनले भने अर्कैलाई नायक मानेपछि ती व्यक्तिको मन कस्तो होला । त्यो थाहा पाउन भिडियो नै हेर्नुपर्ला ।
समन अधिकारीले निर्देशन गरेको भिडियोमा नायक गजित बिष्ट र मोडल सुप्रिया कटुवाललाई देख्न सकिनेछ । भिडियोको छायांकन शिवराम घिमिरेले गरेका हुन भने सम्पादन निशान घिमिरेको रहेको छ ।
For More videos Log on to Mazzako TV