स्वं डायमण्ड शमशेर राणाको अमर कृतिमा आधारित चलचित्र ‘सेतो बाघ’को टिजर रिलिज गरिएको छ । टिजरमा तनाव, प्रेम, घृणा, षडयन्त्र, हत्या, धोका, राजनिती, प्रतिशोध लगायतका कुराहरुलाई देखाउन खोजिएको छ । नीर शाह निर्देशित ‘सेतो बाघ’को यतिबेला पोष्ट प्रोडक्सनको काम भईरहेको छ ।

चलचित्र ‘सेतो बाघ’का प्राय सबै कलाकारहरु  नयाँ छन् । अडिसन लिएर चलचित्रका कलाकारहरुको छनौट गरिएको थियो । अन्जना कट्टेल, प्रियंका आचार्य, प्रमिला थापा, विनशा सुवेदी, राजु राउत, गजेन्द्र घले, राम राजवंशी, ओम प्रकास निरौला, भरत गुरागाई, पर्वत राज झा, रविन बि.क लगायतका अन्य धेरै कलाकारहरुको अभिनय चलचित्रमा हेर्न पाईनेछ ।

चलचित्रको निर्माण मन्जेश्री राज्यलक्ष्मी राणा, पुरण राणा, रविन्द्र शमशेर राणा र डा. ख्याती राणा शाहले मिलेर गरेका हुन् । चलचित्रमा संगीत शम्भुजित बाँसकोटाको रहेको छ भने चलचित्रलाई सञ्जय लामाले खिचेका हुन् ।

For More videos Log on to Mazzako TV