Rajesh Hamal 13

जेठ १० गते प्रेमिका मधु भट्टराईसँग विवाह बन्धनमा बाधिएका महानायक हमालले बुधबार राजधानीको शंकर होटलमा भब्य रिसेप्सन पार्टी दिएका छन् । हमालको रिसेप्सन पार्टीमा धेरै नेताहरुको उपस्थिति रह्यो । प्रधानमन्त्री शुसिल कोईराला देखि लिएर पूर्व प्रधानमन्त्रीहरु डा. बाबुराम भट्टराई, माधव कुमार नेपाल, शेरबहादुर देउवा, अर्थमन्त्री रामशरण महत, सञ्चारमन्त्री मीनेन्द रिजाल, प्रकाशमान सिंह, गगन थापा, माओवादीका बर्षमान पुनः सिपी मैनाली सबैले हमाललाई सुखद वैवाहिक जीवनको शुभकामना दिए ।

3

हमालको विहे भोजमा विभिन्न राजनैतिक दलका नेताहरु, नेपालका लागि विभिन्न देशका राजदुतहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, विश्लेषक, बैंकर, उद्योगी, ब्यबसायी, लेखक, कलाकारहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो । रात्री भोजमा झण्डै ३ सयको हाराहारीमा निम्तालुको भिड देखिन्थ्यो तर फिल्मकर्मीहरु भने अपेक्षित भन्दा निकै कम देखिए ।

Rajesh Hamal 20

नयाँ पुस्ताकी हिरोइन तर्फ सुमिना घिमिरे ,मलिना जोशी एवं अरुणिमा लम्साल देखिएकी थिईन् भने समकालिन करिश्मा मानन्धर एवं झरना थापाको उपस्थिति रहेको थियो । भोजमा पुराना अभिनेत्रीहरु बसुन्धरा भुषाल र चैत्य देवि पनि देखिएका थिए । नीर शाह, दिनेश डिसी, आकाश अधिकारी ज्ञानेन्द देउजा, भुषण दाहाल लगायतका निर्देशकको उपस्थिती रहेको थियो ।

Rajesh Hamal 36

त्यस्तै निर्माताहरु छविराज ओझा, अशोक शर्मा, उद्धव पौडेल, सुनील कुमार थापा, सुनील मानन्धर र रोज राणा पनि भोजमा सरिक भएका थिए । हमालका समकालिन हिरोहरु भूवन केसी, शिव श्रेष्ठ सहित जीवन लुइँटेल, दीलिप रायामाझी, रमेश उप्रेती, अर्जुन श्रेष्ठको पनि भोजमा उपस्थिति रहेको थियो । हाँस्यकलाकारहरु हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, किरण केसी, दिपकराज गिरी, निर्मल शर्मा, दिपाश्री निरौला, जितु नेपाल, सिताराम कट्टेल लगायतको पनि उपस्थिति देखिएको थियो ।

Rajesh Hamal 39

Rajesh Hamal 37

Rajesh Hamal 35

Rajesh Hamal 34

Rajesh Hamal 27

Rajesh Hamal 31

Rajesh Hamal 30

Rajesh Hamal 14

Rajesh Hamal 15

Rajesh Hamal 3

6

8

7

Rajesh Hamal 2

For More videos Log on to Mazzako TV