विदेशमा झोलाबाट अवार्ड गरिमालाई, दंग छन् जोयस साँघुरो बनाई
श्रीलंकाको कोलम्बोमा सम्पन्न ‘सार्क फिल्म फेष्टिभल २०१४’ मा चलचित्र ‘झोला’ बाट उत्कृष्ट नायिकाको अवार्ड गरिमा पन्तले जितेकी छिन् । त्यस्तै नेपाली चलचित्र ‘साँघुरो’ले दुईवटा अवार्ड जितेको छ । ‘साँघुरो’ चलचित्रले रजत पदक प्राप्त गरेको छ भने चलचित्रका निर्देशक जोयस पाण्डेले जुरीको तर्फबाट उत्कृष्ट नव प्रतिभा सर्टिफिकेट अफ रिकग्निसन प्राप्त गर्न सफल भएका छन् ।
मे २० देखि मे २५ सम्म कोलम्बोमा आयोजना भएको सार्क फिल्म फेष्टिभलमा उत्कृष्ट फिल्मको अवार्ड भने श्रीलंकाको ‘सोभिसी विभाराना’ ले प्राप्त गरेको छ । नेपाली चलचित्र ‘झोला’ फेष्टिभलमा मे २४ मा देखाईएको थियो । फेष्टिभलमा सहभागी हुन चलचित्र झोलाका निर्देशक यादवकुमार भट्टराई कोलम्बो पुगेका थिए ।
त्यस्तै फेष्टिभलमा ‘सोभिसी विभराना’का निर्देशकलाई उत्कृष्ट निर्देशकको रुपमा छनौट गरिएको छ भने उत्कृष्ट अभिनेताको अवार्ड चलचित्र ‘इंगिली’ बाट इस्माइल रसिदले प्राप्त गरेका छन् । त्यस्तै भारतको ‘माकारा’ सर्ट मुभिमा उत्कृष्ट ठहरियो ।
सार्क संस्कृति केन्द्रले आयोजना गरेको फिल्म फेष्टिभलमा सिंगापुर, मलेसिया र इरानका प्रतिनिधिहरु निर्णायक मण्डलीको रुपमा रहेका थिए ।
For More videos Log on to Mazzako TV