Stupid maan Mazzakoonline 1

नायक जिवन लुईटेलले एक दर्जन बच्चाको बाउ बन्ने चाहना ब्यक्त गरेका छन् । अहिलेको समयमा यो कुरा सुन्दा अचम्म लाग्न सक्छ तर उनको चाहना नै यस्तै छ त के गर्ने ? भर्खरै छोराको पास्नी गरेका लुइँटेलले चलचित्र ‘स्टुपिड मन’को ट्रेलरमा यस्तो इच्छा ब्यक्त गरेका हुन् । बुधबार राजधानीमा पत्रकार भेटघाटको कार्यक्रम आयोजना गरि चलचित्र ‘स्टुपिड मन’को पहिलो ट्रेलर रिलिज गरिएको छ ।

Stupid maan Mazzakoonline

अभिनेता निरज बराल र विवेह शाहीको लगानी रहेको चलचित्र ‘स्टुपिड मन’को निर्देशन दिवाकर भट्टराईले गरेका हुन् । चलचित्रको पटकथा सामिप्य तिमल्सिनाले तयार पारेका हुन् । ‘मानिस अरु कुरामा जति नै आत्मविश्वास, चलाख रहेपनि प्रेमको मामालामा कमजोर हुन्छ भन्ने कुरालाई फिल्मले देखाउन खोजेको छ’, निर्देशक भट्टराई चलचित्रको बारेमा यसरी जानकारी गराउछन् । उनका अनुसार चलचित्र पूर्ण रुपमा प्रेम कथामा आधारित रहेको छ ।

Stupid maan Mazzakoonline 3

भदौ २० गतेबाट अलनेपाल रिलिज हुने चलचित्र ‘स्टुपिड मन’ मा जिवन र निरजका अलावा चाँदनी शर्मा, रिजु श्रेष्ठ र मार्टिन खानको समेत मुख्य भूमिका रहेको छ । चलचित्रमा थाइल्याण्डका रमाईला दृश्यहरु हेर्न पाईनेछ । यस चलचित्रलाई सञ्जय लामाले खिचेका हुन् भने संगीत अर्जुन पोखरेल र करण राज कार्कीको रहेको छ । अष्ट महर्जनले चलचित्रको द्धन्द्ध निर्देशन गरेका हुन् ।

Stupid maan Mazzakoonline 4

हेरौं, स्टुपिड मनको ट्रेलर यस्तो छ ।

For More videos Log on to Mazzako TV