Dipa 3

हाँस्यकलाकार दिपाश्री निरौलाले मन्त्रीसँग एक दिन बिताएकी छिन् । उनको कार्यक्रमको नाम नै ‘मन्त्रीसँग एक दिन’ हो । उनी ‘मन्त्रीसँग एक दिन’ कार्यक्रमकी प्रस्तोता बनेकी छिन् । दिपाले मन्त्रीको घरैमा गएर उनको अन्तरवार्ता लिन्छिन्, दिनभरि मन्त्रीले के के गर्छन् सबै नियाल्छिन् अनि आफ्ना दर्शकलाई देखाउछिन् । प्रस्तोता बनेकी दिपाको बोसको रुपमा निर्मल शर्मा देखा परेका छन् ।

Dipa 6

यो कथा हाँस्य टेलिश्रंखला ‘तितो सत्य’को आगामी अंकको हो । ‘तितो सत्य’को आगामी अंकमा दिपा अलि भिन्नै भुमिकामा देखा पर्दैछिन् । टेलिभिजन प्रस्तोता बनेकी दिपाले मन्त्री र मन्त्रीको घरपरिवारसँग गरेको रमाईलो कुराहरु थाहा पाउन भने ‘तितो सत्य’को आगामी अंक नै हेर्नृपर्छ । मन्त्रीको कथा बुनिएको यो रमाईलो भागको आज (मंगलबार) सुटिङ्ग गरिएको छ । दिपाको कुन मन्त्रीको अन्तरवार्ता गर्छिन्, र कसलाई शब्दगुलेली प्रहार गर्छिन, त्यो त ‘तितो सत्य’ हेरेपछि नै थाहा होला ।

Dipa 4

‘यसपाली दिपाजीको लुक्स पनि अलि फरक गर्ने कोशिष गरेका छौ’, तितो सत्यका निर्देशक दिपक भन्छन् ‘चन्चले टिभी प्रस्तोताको रुपमा दिपालाई हेर्न पाईनेछ, आशा छ दर्शकले मन पराउनुहुनेछ ।’  १२ बर्षदेखि तितो सत्यको जुनसुकै कथामा पनि बोसको रुपमा देखिदै आएका निर्मल शर्मा ‘मन्त्रीसँग एक दिन’ कार्यक्रमको पनि बोस हुन् । ‘मेरो ज्यानलाई बोसको भन्दा अरु कुनै रोल सुहाउछ र ?’ ठट्यौली गर्दै मोटो ज्यानभएका शर्मा भन्छन् ।

Dipa 7

लगभग दुई महिना सुटिङ्ग नगरिएको ‘तितो सत्य’ मिडिया हवसँग पैसामा कुरा मिलेपछि पुन प्रसारणमा आउन थालेको हो । हाँस्यटेलिश्रंखला ‘तितो सत्य’ प्रत्येक विहिबार राती ८.४० मा नेपाल टेलिभिजनमा प्रसारण हुदै आएको छ ।

Dipa 1

Dipa 2

Dipa 5

Dipa 8

For More videos Log on to Mazzako TV