‘मितज्यूले पनि विहे गरिहाल्नुभयो म एक्लो भईहाले नि’, अनामनगर स्थित त्रिवेणी डिजिटल रेकडिङ्ग स्टुडियो बाहिर भेटिएका गायक राजेश पायल राईले हाँस्दै भने, ‘अब म पनि जोडी बाधिनु पर्ला कि भन्ने सोच्दै छु ‘, ‘उसो भा कहिले गने त विहे ?’, ‘खै कहिले हो कहिले ।’ ‘किन गर्लफ्रेन्ड छैन र ?’ जवाफमा राई भन्छन्, ‘छ भन्नु कि छैन भन्नु, छैन नै भन्नु पर्ला ।’

महानायक राजेश हमालले विवाह गरेपछि गायक राई पनि विहे गर्ने मुडमा रहेको बुझिएको छ । ‘अधिकतम दुई बर्ष भित्रमा त पक्का विहे गर्छु’, हाँस्दै राजेशले भने, ‘पहिला मितज्यूको नानी खेलाउने रहर छ अनि विहे गरौला ।’

10151216_638865586167709_423968399_n

महानायक हमाल र गायक राजेशपायल राई एक अर्कालाई ‘मितज्यू’ भनेर सम्बोधन गर्छन् । हमालले जेठ १० गते प्रेमिका मधु भट्टराईलाई विहे गरेपछि राई पनि विहे गर्ने कुरालाई लिएर सिरियस भएको देखिन्छ । हमालको विहेको लागि सानो भन्दा सानो सल्लाह पनि राईसँग गर्ने गरेका थिए । शंकर होटलमा हमालले विहेको प्रस्ताव राख्दा राईले उनीहरुलाई गीत गाएर साथ दिएका थिए ।

Rajesh hamal

गायक राई नेपाली फिल्म इन्डष्ट्रीमा आफुलाई मनपर्ने नायक राजेश हमाल नै रहेको बताउछन् भने हमाल पनि आफ्नो प्रिय गायकको रुपमा राजेश पायल राईलाई नै मान्दछन् । राईको एल्बम बिमोचनमा प्राय हमाल नै मुख्य आर्कषणको रुपमा उपस्थित हुने गरेका छन् ।

Mazzakoonline

गज्जबको दोस्ती छ हमाल र राईको । ‘अब विहे पछि पनि यो दोस्ती उस्तै रहला त ?’ ‘पहिले जस्तो त अलि नहोला किनकी उहाँले भाउजुलाई पनि टाईम दिनै पर्यो तर हाम्रो दोस्ती सधै उस्तै हो नि’, राई भन्छन्  ‘उहाँले विहेमा म सँग धेरै सल्लाह गर्नुहुन्थ्यो अब मेरो विहेमा पनि म उहाँसँगै हो सल्लाह लिने ।’

जेठ १६ गतेदेखि हमाल र राई कार्यक्रमको सिलसिलामा अष्ट्रेलियाको टुरमा पनि सँगै हुनेछन् । अष्ट्रेलियाको कार्यक्रम पछि हमाल नेपाल फर्किनेछन् भने राजेशपायल फिनल्याण्ड, क्यानडा, मलेसिया, साउथ कोरिया लगायतका देशहरुमा करिब २ महिना बिताएर मात्रै नेपाल फर्किनेछन् ।

तस्वीर–राजेशपायल राईको फेसबुकबाट

For More videos Log on to Mazzako TV