mero best friend

नायक रेश मरहठ्ठा यतिबेला निकै खुशी देखिएका छन् । चलचित्र ‘मेरो बेष्ट फ्रेन्ड’लाई दर्शकको माया गरिदिएकोमा उनीले दर्शकको माया ‘आमाको माया पछिको माया’ जस्तो भएको प्रतिक्रिया दिएका छन् । चलचित्र ‘मेरो बेष्ट फ्रेन्ड’लाई उनले ‘रुन्चे फिल्म’ भन्न पनि भ्याए । ‘जे जति हलहरुमा भिजिट गरे सबै दर्शकको प्रतिक्रिया बुझ्दो हाम्रो फिल्मलाई म रुन्चे विथ एक्सन भन्न रुचाउछु’, रेशको भनाई यस्तो छ । दर्शकले आफ्नो एक्सनको पार्टलाई मन पराईदिएको उनले बताए ।

चलचित्रमा एक्सन गर्न उनलाई निकै सजिलो लाग्छ रे तर कमेडी गर्न भने नपरेपनि हुन्थ्यो जस्तो लाग्दो रहेछ । आगामी दिनमा आफुलाई एक्सन हिरोको रुपमै स्थापित गर्ने रेशको सोचाई छ । च्यालेन्ज फिल्मका निर्माता समेत रहेका रेश दर्शकलाई हलसम्म तान्न सक्नु अहिलेको समयमा निकै ठुलो च्यालेन्ज रहेको बताउछन् । ‘फिल्मी बजारमा अहिले कम्पिटिसन उच्च छ, यो बेलामा पनि दर्शकलाई हलसम्म तान्न सक्नु, दर्शकको मन जित्न सक्नु ठुलो चुनौती हो’, रेश भन्छन् ‘चलचित्र मेरो बेष्ट फ्रेन्डले दर्शकको मन जित्न सफल भएको देख्दा निकै खुशी लागेको छ ।’

mazzakoonline

गत शुक्रबार बाट प्रर्दशनमा आएको चलचित्र मेरो बेष्ट फ्रेन्डमा रेशका अलावा दिवस उप्रेती, प्रियंका कार्की, केकी अधिकारी, सुनिल थापा, विमलेश अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ । प्रशन्न पौडेल निर्देशित चलचित्र मेरो बेष्ट फ्रेन्डले यतिबेला हलहरुमा राम्रो ब्यापार गरिरहेको छ । चलचित्रको निर्माण प्रजिता बज्राचार्यले गरेकी हुन् ।

For More videos Log on to Mazzako TV