प्रियंका र केकीलाई बेष्ट फ्रेन्डको साथ, कसले गर्छ विश्वासघात ?
मिल्ने साथीहरुको कथा हो यो । माया, प्रेम, त्याग र विश्वासघातको कथा हो, समग्रमा भन्दा एउटा पुर्ण फ्रेन्डसिपको कथा , चलचित्र ‘मेरो बेष्ट फ्रेन्ड’ । चलचित्रमा कसले कसलाई माया गर्छ, कस्ले धोका दिन्छ, विश्वासघाट गर्छ थाहा पाउनको लागि भने चलचित्र नै हेर्नुपर्ला ।
आज शुक्रबारबाट देशब्यापी प्रर्दशनमा आएको चलचित्र ‘मेरो बेष्ट फ्रेन्ड’को विहिबार साँझ चावहिलको एफ क्यूब हलमा प्रिमियर गरियो । प्रर्दशनको पुर्वसन्ध्यामा गरिएको प्रिमियरमा फिल्म युनिट, विभिन्न चलचित्रत्रकर्मी र पत्रकारहरुको उपस्थ्तिी रहेको थियो । चलचित्रको प्रिमियरकै लागि भनेर चलचित्रका नायिकाद्वय केकी अधिकारी र प्रियंका कार्की पोखराबाटै काठमाण्डौं आएका थिए । केकी र प्रियंकाको ‘फन्को’ नामक चलचित्रको पोखरामा सुटिङ्ग चलरहेको छ ।
निर्धारित समयभन्दा केही ढिला आईपुगेका नायिकाद्वयले चलचित्रले आम नेपालीको मन छुने कुरा ब्यक्त गरेका छन् । कार्यक्रमका मुख्य आर्कषण बनेका नायिकाद्वय चलचित्रको प्रिमियर पछि राती नै पोखरा फर्किने पनि जानकारी गराईएको थियो । प्रिमियरमा नायकद्वय रेश मरहठ्ठा र दिवस उप्रेती भने चलचित्रको बारेमा उपस्थित सञ्चारकर्मीहरुसँग प्रतिक्रिया लिनमै ब्यस्त देखिए ।
चलचित्र ‘मेरो बेष्ट फ्रेन्ड’मा रेश मरहठ्ठा, प्रियंका कार्की, दिवस उप्रेती, केकी अधिकारी, सुनिल थापा, किरण लाकौल लगायतको मुख्य भुमिका रहेको छ । चलचित्रको निर्देशन म्युजिक भिडियो निर्देशनमा निकै कहलिएका प्रशन्न पौडेलले गरेका हुन् ।